फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको मैत्री सम्बन्ध घनिष्ट रहेको नेपालका सूचना तथा सञ्चारमन्त्रीले बताउनु भएको छ

(GMT+08:00) 2012-01-30 18:53:04

             सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ताले नेपाल र चीनबीचको मैत्री सम्बन्ध युगौँ पुरानो रहेको बताउनु भएको छ । सी.आर.आई.सँग कुरा गर्दै मन्त्री गुप्ताले भन्नुभयो 'नेपालले आफ्नो अशल दुई छिमेकी राष्ट्रसँग सदियौँदेखि प्रगाढ सम्बन्ध कायम राखेको छ ।'

             केही समय अगाडि चिनियाँ प्रधानमन्त्री वान च्या पाओको नेपाल भ्रमणले दुई देशबीचको मैत्री सम्बन्धलाई थप उचाइमा पुर्याएको बताउँदै नेपाली सञ्चार जगतले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अत्यन्त सकारात्मक रुपमा विश्लेषण गरेको पनि उहाँले औँल्याउनुभयो । चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाललाई प्राप्त हुँदै आएको चिनियाँ सहयोगमा वृद्धि भएको, नेपालमा चिनियाँ लगानीको मार्ग प्रशस्त भएको र वर्तमान सरकारको अन्तर्राष्टि्रय छवि पनि राम्रो भएको उहाँले बतानउनुभयो ।

            नेपालको चौतर्फी विकासमा प्राप्त चिनियाँ सहयोगको प्रशंसा गर्दै उहाँले नेपाललाई अप्ठेरो पर्दा सँधै चीनले सहयोग गर्ने गरेको पनि स्पष्ट पार्नुभयो । नेपालका हरेक सरकारले एक चीन नीतिलाई निसर्त समर्थन गरेको र चिनियाँ सहयोगलाई सदुपयोग गरेको पनि उहाँले बताउनुभयो ।

            नेपालका प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने कुरामा ठोस भूमिका निर्वाह गरेको बताउँदै उहाँले भन्नुभयो 'एक आपसमा हुने भ्रमणहरुले दुई देशका जनताबीचमा पनि मैत्रीभावलाई छर्ने काम गरेको छ ।'

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह