फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौ महाधिवेशन मार्च पाँच तारिख र एघारौं चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको पाँचौं महाधिवेशन मार्च तीन तारिख पैचिंगमा उद्‍घाटन हुने

(GMT+08:00) 2012-02-01 15:41:26

         एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौ महाधिवेशन र एघारौं चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको पाँचौं महाधिवेशन छुट्टा छुट्टै रुपमा मार्च पाँच र मार्च तीन तारिख पैचिंगमा उद्‍घाटन हुने भएको छ। चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको कार्यालय तथा चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको कार्यालयले एक तारिखका दिन सम्बन्धित समाचार लिन चिनियाँ र विदेशी पत्रकारहरुलाई स्वागत गर्ने कुरा घोषणा गरेका छन्।

         एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौ महाधिवेशन र एघारौं चिनियाँ जन राजनैतिक परामर्शदातृ सम्मेलनको पाँचौं महाधिवेशनले चिनियाँ र विदेशी पत्रकारहरुलाई सत्कार गर्न र बन्दोबस्त मिलाउनका लागि प्रेस केन्द्र स्थापना गर्नेछन्। जसले फेब्रुअरी छब्बीस तारिखदेखि आफ्नो कार्य सुरु गर्नेछ।

         पत्रकारहरुलाई समाचार संकलन गर्न सजिलो होस् भन्नका लागि दुईवटा अधिवेशनको प्रेस केन्द्रको वेभसाइटले बेलैमा सम्बन्धित सूचना दिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह