फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा उच्च शिक्षा लिने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढिरहेको छ

(GMT+08:00) 2012-02-02 18:46:00

          चीनमा गएर उच्च शिक्षा लिने नेपाली विद्यार्थीहरु हरेक वर्ष बढिरहेका छन् । शिक्षा मन्त्रालयको छात्रवृद्धि शाखा तथा वैदेशिक अध्ययन शाखाले पनि सो कुराको पुष्टि गरेको छ । विशेष गरी नेपाली विद्यार्थीहरुका लागि चिकित्सा शास्त्र र इन्जिनियरिङ्ग विषयका लागि चीन सबैभन्दा सस्तो मुलुक हो ।

          चीनमा अध्ययन गरेर फर्किएका नेपालीहरुको साझा संस्था अरनिको समाजका अध्यक्ष डा. हरिशचन्द्र शाहका अनुसार चिकित्साशास्त्र अध्ययन गर्नका लागि भारत तथा बंगलादेशभन्दा चीनमा निकै कम शुल्कमा अध्ययन गर्न सकिन्छ । नेपालीहरुको आयस्तर अनुसार सस्तो मूल्यमा अध्ययन गर्न पाइने हुनाले चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या दिनदिनै बढ्दै गएको डा. शाह बताउनुहुन्छ ।

          त्यसैगरी नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराई चीनमा अध्ययन गरेर फर्किएका नेपाली इन्जिनियरहरुले नेपालमा उत्कृष्ट सेवा प्रदान गरिरहेको बताउनुहुन्छ । उहाँ आफू पनि नेपाल टेलिकमको नायव प्रवन्ध निर्देशक पदमा कार्यरत हुनुहुन्छ । भट्टराईका अनुसार नेपाल टेलिकममा मात्र चीनमा गएर अध्ययन गरेका दर्जनौ इन्जिनियरहरु कार्यरत रहेका छन् ।

           चीनमा अध्ययन गरेर फर्किएका व्यक्तिले कमाएको प्रतिष्ठा, राष्ट्रमा पुर्याएको सेवा र अध्ययन शुल्क सस्तो पर्ने भएकाले चीनमा गएर अध्ययन गर्न चाहने नेपालीहरुको संख्या बढ्दै गएको हो । चीन सरकार तथा चिनियाँ विश्वविद्यालयहरुले नेपाली विद्यार्थीका लागि छात्रवृद्धि समेत प्रदान गर्दै आएका छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह