फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी बुधबारदेखि एकजना चिनियाँ मन्त्रीले नेपालको भ्रमण गर्ने कार्यक्रम रहेको छ

(GMT+08:00) 2012-02-20 18:38:11

          चिनियाँ वनमन्त्री चिया चिवाङले नेपालको भ्रमण गर्नु हुने भएको छ । वन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्सालले सी.आर.आर्इ.लार्इ बताउनु भए अनुसार चिनियाँ वनमन्त्री चिया आगामी बुधबार साँझ काठमाडौँ आइपुग्दै हुनुहुन्छ ।

           वन मन्त्रालयको निमन्त्रणामा हुन लागेको चिनियाँ वनमन्त्री चियाले ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको कन्द्रीय समितिका सदस्य हुनुहुनछ । चिनियाँ प्रतिनिधिमण्डल चारदेखिसम्म नेपालको भ्रमणमा रहने प्रवक्ता लम्सालले बताउनुभयो ।

          नेपाल भ्रमणका क्रममा चिनियाँ वनमन्त्री चियाले प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इलार्इ समेत भेट गर्ने कार्यक्रम रहेको छ । उहाँले नेपालका उच्च राजनीतिक नेताहरुसँग समेत भेट गरी दुर्इ पक्षीय छलफल गर्नुहुनेछ ।

          नेपालको वनमन्त्रालय र चिनियाँ राज्यवन प्रशासनबीच हस्ताक्षरित वन र जैविक विविधता संरक्षण सहयोग सम्बन्धी सहमतिपत्र कार्यान्वयनका विषय नेपाल र चीनबीच छलफल हुने वन मन्त्रालयका प्रवक्ता लम्सालले बताउनुभयो ।

          चिनियाँ प्रधानमन्त्री वान च्यापाओको नेपाल भ्रमणपछि नेपालको भ्रमण गर्ने चिनियाँ वनमन्त्री चिया पहिलो उच्च नेता हुनुहुन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह