फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती नयाँ वर्षको अवधिमा तिब्बतका विभिन्न क्षेत्रका बजारमा रमाइलो छाएको

(GMT+08:00) 2012-02-22 18:03:36

          बाइस तारिख तिब्बती पात्रोअनुसार पानी ड्रागन वर्षको पहिलो दिन हो। केही दिनदेखि तिब्बतको शान नान, ना छ्यु, ल्हासा आदि क्षेत्रका बजार एकदमै रमाइलो देखिन्छ। विशेष गरी केही तिब्बती परम्परागत सामग्रीको खरिद-बिक्री अवस्था निकै राम्रो छ।

          शान नानको एक बजारमा तिब्बती युवक वाङ च्युले आफूले बनाएको नौनी लिएर हार्दिक रुपमा पाहुनालाई स्वागत गर्दैछन्। उनले भने:

          मैले नौनी बिक्री गरेको हालसम्म छ वर्ष भइसक्यो। यस वर्षको व्यापार निकै राम्रो छ। हरेक दिनमा छ सात सय चिनियाँ युआनको सामान बिक्री हुन्छ। हामी सर्वसाधारणको आमदानी पनि बढेको छ। पहिलेभन्दा हाम्रो जीवन पनि राम्रो भएको छ।

          नाइ तुङ जिल्लाबाट आएका युवक चा सिले भर्खरै किनेको ध्वजा पताका लिएका थिए। यस नयाँ वर्षका सामान आफूले तयार गरिसकेको कुरा उनले बताए। उनले भने:

          हाल बजारमा विभिन्न थरिका सामान थुप्रै छन्। किन्न चाहेको जुनसुकै बस्तु बजारमा किन्न पाउँछ।

          नयाँ वर्षमा नयाँ लूगा लगाउनुपर्छ। ल्हासामा लामो इतिहास रहेको सात छि तिब्बती लूगा पसलमा यस महिनाभरि ग्राहकको एकदम भीड लागेको छ। पसलका कर्मचारीका अनुसार, हरेक वर्ष पसलले ग्राहकको रुचिबमोजिम केही नयाँ डिजाइन गर्दछ। ग्राहकलाई यो पसल यति मन पर्नुको मुख्य कारण यो पनि एक हो। एक महिलाले तिब्बती लूगा छान्दै भनिन्:

         हरेक वर्ष धेरै नयाँ डिजाइन पाइँछ यहाँ। त्यसैले हरेक वर्ष म तिब्बती लूगा किन्न यहिँ आउँछु।

          तिब्बती पात्रोको इतिहास निकै लामो छ। हजारौँ वर्षअगाडिदेखिको तिब्बती लूगामा भने आधुनिक तिब्बती लूगाको मूल विशेषता रहँदै आएको छ। हाल सामान-बस्तुमा मानिसको विशेष ध्यान गएको र बढेको छ। तिब्बती लूगाको डिजाइन पनि थुप्रै भएको छ। व्यापारीले सबै ग्राहकको रोजाइबमोजिम कोसिस गरिरहेको छ।

          छ्ये मा नामक एक किसिमको मिठाइ राखिने बट्टा पनि तिब्बती परम्परागत नयाँ वर्षमा नभइ नहुने कुरा हो। त्यो बट्टा बिक्री गर्ने एक पसलमा पनि एकदम रमाइलो छ। एक महिलाले बट्टा छान्दै भनिन्:

          नयाँ वर्षको लागि आज म यहाँ आएकी हुँ। हरेक वर्ष विभिन्न रुपका बट्टा बिक्री गर्छ यहाँ। त्यसैले मैले राम्रोसँग छान्नुपर्छ।

         शिगाचेबाट आएका युवा दोर्जे उक्त पसलका साहुजी हुन्। उनले धेरै वर्षदेखि छ्ये मा नामक मिठाइ राखिने बट्टा बनाउनुका साथै कारोबार पनि गर्दै आएका छन्। जनसाधारणको खाँचो टार्नका लागि उनले निरन्तर यसको विकास गरेका छन्। उनले भन्छन्

         पहिले हामीले काठद्वारा छ्ये मा मिठाइको बट्टा बनाउंथ्यौं। हाल मानिसको खाँचो झन झन बढेको छ। यस वर्ष हामीले धेरै नयाँ सामग्रीको प्रयोग गरेका छौं। यसबाहेक व्यापक ग्राहकको खाँचो टार्नका लागि हामीले धेरै फरक किसिमका बट्टा बनाएका छौं। यी सबै खाले बट्टालाई एकदमै मनपराएका छन्।

          तिब्बती लूगा र छ्ये मा राखिने बट्टा यस्तो परम्परागत कुरा हो जुन समयसँगै परिवर्तन भएको पाइन्छ। साथै समाजको विकास सँगसँगै मानिसको विचार पनि परिवर्तन हुन्छ। त्यसबाट परम्परागत तिब्बती नयाँ वर्षमा धेरै नयाँ कुरा थपिन्छ। यी परिवर्तनबाट तिब्बती जनतासमक्ष एक नयाँ सुरुवात आउँदैछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह