फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत यङ हौलानले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेट गर्नु भएको छ

(GMT+08:00) 2012-02-23 18:39:59

         चिनियाँ राजदूत यङ हौलानले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेट गरी छलफल गर्नु भएको छ । चिनियाँ राजदूत यङ सभापति कोइरालालाई भेट्न उहाँको निवास महाराजगंज जानु भएको थियो ।

         चिनियाँ दूताबासले सी.आर.आई.लाई दिएको जानकारी अनुसार राजदूत यङले नेपाली कांग्रेसका सभापति कोइरालालाई गत 16 तारिख भेट गर्नु भएको हो । भेटका क्रममा नेता कोइरालाले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण अत्यन्त उत्साहजनक रुपमा सफल भएको भन्दै यो भ्रमणले नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई थप उचाइमा पुर्याएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस सदैव नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउनमा प्रयत्नरत रहेको भन्दै नेपालका राजनीतिक पार्टी र सरकारले सधैँ एक चीनको नीतिलाई समर्थन गरेको स्मरण गराउनुभयो ।

         सो अवसरमा चिनियाँ राजदूत यङले चीन र नेपालबीचको मैत्री समन्ध युगौ पुरानो रहेको र यो सम्बन्धलाई चिनियाँ प्रधानमन्त्री वान च्या पाओको नेपाल भ्रमणले नयाँ उचाइमा पुर्याएको बताउनुभयो । चीनले नेपाललाई दिँदै आएको सहयोगलाई वृद्धि गर्दै लगिने पनि उहाँले सो अवसरमा जानकारी गराउनु भएको दूताबासले सी.आर.आई.लाई जानकारी गराएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह