फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनका वनमन्त्रीस्तरीय बैठक काठमाडौँमा आज सम्पन्न भएको छ

(GMT+08:00) 2012-02-24 18:55:03

           वन तथा भूसंरक्षणको क्षेत्रमा आपसी सहकार्य गर्ने निर्णय गर्दै नेपाल र चीनका उच्चस्तरीय सरकारी अधिकारीहरुको आज काठमाडौँमा सम्पन्न भएको छ । हिजो बिहीबार सुरु भएको बैठकमा नेपालको तफबाट वन तथा भूसंरक्षणमन्त्री मोहम्मद वकिल मुसलमानले नेतृत्व गर्नु भएको छ भने चीनको तफबाट वनप्रशासनमन्त्री चिया चि बाङ्गले नेतृत्व गर्नु भएको छ ।

          दुई देशबीचमा जैविक विविधता, वनको व्यवस्थापन र वन्यजन्तुको संरक्षणको क्षेत्रमा सीपको विकास, कार्यक्षमता अभिवृद्धि र सूचनाको आदानप्रदान हुने कुरामा सहमति भएको छ । सहमति अनुसार वन तथा वन पैदावारबाट आर्थिक लाभ लिने अवसरको पहिचान र प्रविधिको विकासमा नेपालले चिनियाँ सहयोग प्राप्त गर्ने भएको छ ।

          बैठकमा उद्घाटन गर्ने क्रममा चिनियाँ वनप्रशासन मन्त्री चियाले पर्यावरणीय सन्तुलन, जलवायु परिवर्तनलगायत आपसी हितमा विविध क्षेत्रमा मिलेर काम गर्न सकिने उल्लेख गर्दै वन्यजन्तुको चोरीसिकारी नियन्त्रण गर्न दुवै पक्ष संवेदनशील हुनुपर्छ भन्नुभयो । राष्ट्रिय निकुन्ज, दुर्लभ जन्तु र सिमसार क्षेत्रको संरक्षण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै चिनियाँ वनमन्त्री चियाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताउनुभयो ।

          चिनियाँ वनप्रशासनमन्त्री चिया चि बाङ्ग दिने नेपाल भ्रमण पूरार गरेर आगामी आइतबार स्वदेश फर्कदै हुनुहुन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह