फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस पालाका दुई अधिवेशनमा जनताको जीवन नै मुख्य विषयमा रहने

(GMT+08:00) 2012-03-01 19:09:34

          मार्च महिनाको सुरुमा चीनको चिनियाँ जन काङ्ग्रेस एघारौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रित समितिको पाँचौँ अधिवेशन अर्थात दुई अधिवेशनको आयोजना हुनेछ। आयको उचित वितरण, घरको मूल्यको संशोधन तथा नियन्त्रण, शिक्षामा निष्पक्षतालगायत जनताको जीवनसम्बन्धी विषयले पहिलेजस्तो उच्च ध्यान आकर्षण पाएर यसवर्ष दुई वटा अधिवेशन सुरु हुनुअघि सबभन्दा चर्चित विषयमध्येको एक भएको छ।

          रोजगारी पाएको दुई वर्षयता मैले आफूले कमाएको सबै पैसा घर भाडा र गाडीमा खर्चमा गरेको छु। आफ्नो हातमा थोरै पैसा मात्र बाँकी छ। आगामी दुई वर्षमा आफूले बढी पैसा कमाएर त्यति धेरै पैसा उक्त कुरामा खर्च नहुने आशा मैले लिएको छु।

         थ्यान चिनबाट आएकी युवती स्याउ यु सन् 2009 मा विश्वविद्यालयबाट स्नातक भएपछि पेइचिङमा रोजगारी पाएकी थिइन्। दुई वर्षयताको जीवनबारे उनलाई धेरै संतोष थिएन। केही वर्षयता चीनका प्रथम स्तरीय शहरको जीवन खर्च बढ्दैआएको छ। सामानको मूल्य, बसोबास घर, खाद्यपदार्थको सुरक्षा आदि समस्या चीनका सर्वसाधारण र जनमतको चासोको मुख्य विषय भएका छन्।

         गत फेब्रुअरीको अन्तमा सार्वजनिक भएको पछिल्लो तथ्याङ्कअनुसार, गतवर्ष शाङ हाइ, पेइचिङ, हाङ चौ आदि शहरको प्रतिव्यक्ति जी डी पी असी हजार चिनियाँ युआन पुगेको थियो भने वर्षको औसत विनिमय दरको हिसाबले बाह्र हजार अमेरिकी डर पुगेको थियो। यदि सन् 2010 मा विश्व बैङ्कको मापदण्डको हिसाबले उक्त सूचीले उच्च-मध्यम स्तरीय राष्ट्रको स्तरमा पुगी धनी मुलुकको स्तरको नजिकमा पुगेको छ। तर यस्तो उत्कृष्ट सूचीले स्याउ यु जस्ता युवालाई त्यति उत्कृष्ट अनुभव ल्याएको छैन। यसप्रति पेइचिङ उद्योग तथा वाणिज्य विश्वविद्यालयको अर्थशास्त्र इन्स्टिट्युटका प्राध्यापक चौ छिङ च्येले जी डी पीको वृद्धि भएर मात्र जनताको सुखमय अनुभव पनि वृद्धि हुने अर्थ रहेको छैन भन्ने कुरा उल्लेख गरेका थिए:

          वास्तवमा जी डी पीले सुखमय सूचीको हिसाब गरेर मात्र उचित हुँदैन। किनभने जी डी पीले मुलुकले एक वर्षभित्र उत्पादन गरेको अन्तिम उत्पादित वस्तु र सेवाको मूल्यको हिसाब गर्छ। एक उत्पादनको सूची मात्रै हो। अझ बढी सामानको उत्पादन गर्न भएको वातावरण प्रदूषण समावेश छैन, उत्पादित वस्तुमा हुनसक्ने मापदण्ड नपुगेको गुणस्तर समस्या पनि छैन, खाद्यपदार्थको सुरक्षा समस्या समावेश छैन, धनी र गरिबबीचको खाडल पनि समावेश छैन। त्यसैले जी डी पीको वृद्धिबाट सुखमय सूची वृद्धि हुने अर्थ रहेको हुँदैन।

         त्यस कारणले कसरी अझ बढी विकासको उपलब्धिले जनताको जीवनलाई फाइदा पार्ने, जनताको सुखमय अनुभवलाई बढाउने विषय चीन सरकारको ध्यानकर्षणको कुरा भएको छ। गतवर्ष चीनको चिनियाँ जन काङ्ग्रेसको वार्षिक नियमित सम्मेलनले बाह्रौँ पञ्चवर्षीय योजनाको रुपरेखामा जनताको जीवनको सुधारलाई मुख्य विषयमा राख्नुका साथै सर्वसाधारणको आय वृद्धिदर आर्थिक वृद्धि दरभन्दा कम नपार्ने कुरामा जोड दिइएको विषयबारे छलफल गरी पारित गरेको थियो।

         राष्ट्रिय तथ्याङ्क ब्यूरोले गत जनवरी महिनामा सार्वजनिक गरेको सूचनाअनुसार, गतवर्ष चीनको अर्थशास्त्र सन् 2010 को भन्दा नौ दशमलब दुई प्रतिशतले वृद्धि भएको छ। देशभरिका शहरका सर्वसाधारणको प्रतिव्यक्ति प्रयोज्य आय एकाइस हजार आठ सय दश चिनियाँ युआन पुगी सन् 2010कोभन्दा आठ दशमलब चार प्रतिशतले वृद्धि भएको छ। ग्रामीण सर्वसाधारणको प्रतिव्यक्ति शुद्ध आय छ हजार नौ सय सतहत्तर चिनियाँ युआन पुगी सन् 2010कोभन्दा एघार दशमलब चार प्रतिशतले वृद्धि भएको छ।

         चिनियाँ जन काङ्ग्रेसका सदस्य एवम अर्थशास्त्रका प्राध्यापक कु शङ चुले त्यसबाट चीन सरकारले सुखमय जीवन खोज्ने जनताको इच्छाप्रति दिएको प्रतिक्रिया स्पष्ट देखिएको छ र गतवर्ष बाह्रौँ पञ्चवर्षीय योजनाको असल सुरुवात देखिएको भन्नसक्ने कुरा व्यक्त गरेका थिए।–आवाज तीन

          बाह्रौँ पञ्चवर्षीय योजनाको रुपरेखामा रहेको एक महत्वपूर्ण विषय भनेको दुई वटा साथ-साथै हुने विकास हुन्। अर्थात सर्वसाधारणको आय र कूल आर्थिक विकास साथ-साथै विकास र श्रम पारिश्रमिक र श्रमिक उत्पादकता साथ-साथै विकास। सर्वसाधारणको आयको वृद्धिबाट जनतासँगको सुधार र विकासको उपलब्धि बाँडिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह