फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चार माध्यमद्बारा चीनको दुईवटा अधिवेशनका अर्थतन्त्र र जन जीवनसम्बन्धी विषयवस्तुमाथि नजर

(GMT+08:00) 2012-03-02 16:07:00

        छिटै आयोजना हुन लागेको चीनको एघारौं राष्ट्रिय जन काङ्ग्रेसको पाँचौँ अधिवेशन र एघारौं राष्ट्रिय जन राजनीतिक परामर्शदातृ सम्मेलनको पाँचौं अधिवेशनमाथि अन्तर्राष्ट्रिय समाजले उच्च ध्यान दिइरहेको छ। तीमध्ये अर्थतन्त्र र जन जीवनसम्बन्धी विषयवस्तु विदेशी सञ्चार माध्यमका लागि चर्चित केन्द्र बनेको छ।

        सिंगापुरको "लेन ह चाउ पाउ" अखवारले हालै एक लेख छाप्दै जनाएको छ-"सामाजिक सुनिश्चितता", "आम्दानीको वितरण", तथा "सामाजिक व्यवस्थापन" चिनियाँ नेट प्रयोगकर्ताहरुले निकै ध्यान दिएका दशवटा चर्चित विषयहरुमध्येका अघिल्ला तीन स्थानमा रहेको कुराबाट चिनियाँ सर्वसाधारणले आफ्नो हितसित सम्बन्धित कुराहरुमा घनिष्ठ नजर पुर्‍याइरहेको प्रतिबिम्बित भएको उल्लेख गरेको छ।

         रुसको रुस-चीन आर्थिक व्यापारिक सहयोग केन्द्रका प्रमुखले चीनका दुईवटा अधिवेशनले विश्वलाई कुन सूचना दिने भन्ने कुरामा निःसन्देह नै बढी ध्यानाकर्षक हुने ठहर लिनुभएको छ।

          त्यसै गरी बी. बी. सी., स्पेनको "रेबेलिओन" अखवार र अमेरिकाको वाशिङ्टन चीन शान्ति एकीकरण प्रबर्द्धन संघका प्रमुखले पनि चिनियाँ सर्वसाधारणलाई ध्यानाकर्षणका कुराहरुको समाधान गर्न चीन सफल हुने ठहर व्यक्त गरेका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह