फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 चिनियाँ तथा विदेशी तीन हजारभन्दा बढी पत्रकारद्वारा दुई वटा अधिवेशनमा दर्ता

(GMT+08:00) 2012-03-02 16:08:24

         चीनका दुई वटा अधिवेशनमा चीन र विदेशका पत्रकारको ध्यान आकर्षण भएको छ। दुई वटा अधिवेशनको समाचार केन्द्रको तथ्याड्कका अनुसार, एक तारिखको बाह्र बजेसम्म दर्ता भएका चीन तथा विदेशका पत्रकारको संख्या तीन हजारभन्दा बढी पुगेको छ। यीमध्ये लगभग नौ सय जना विदेशी पत्रकार र छ सयभन्दा बढी हङ्गकङ्ग, मकाउ तथा थाइवानका पत्रकार पुगेका छन्।

          दुई अधिवेशन समाचार केन्द्रका उप-प्रमुख एवम चीनको पत्रकार समिति सचिव चु शौ छनका अनुसार, यस वर्ष दुई अधिवेशनमा दर्ता भएका विदेशी पत्रकारका तीन विशेषता छन्: पहिलो, विदेशी पत्रकारको संख्या ठूलो मात्रा छ। यस वर्ष जापान र अमेरिकाका पत्रकारको संख्या बेग्ला बेग्लै गरी दुई सय जनाभन्दा बढी पुगेको छ। दोस्रो, नयाँ विकास भएको अर्थव्यवस्थाले चीनका दुई अधिवेशनमा ठूलो रुचि राखेका छन्। रुस, भारत, ब्राजिल, दक्षिणी अफ्रिका आदि मुलुकले आफ्ना पत्रकारलाई पठाएका छन्।

         श्री चुले अन्तर्राष्ट्रिय समाजमा चीनको स्थान बढ्दैआएको छ र अन्तर्राष्ट्रिय समूह र विश्वका सञ्चारमाध्यमले चीन र चीनका दुई वटा अधिवेशनमा अझै ध्यान दिएको कुरा बताउनुभयो। विदेशमा बसेका चिनियाँ प्रवासीको संख्या र स्थान बढेकोले अझै बढी मुलुकले चिनियाँ सञ्चारमाध्यमको स्थापना गरेको र प्रभाव पनि बढेको छ, उनीहरुले चीनको विकासमा दिएको ध्यान पनि बढेको कुरा उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह