फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं महाधिवेशनको तयारी कार्य पूरा

(GMT+08:00) 2012-03-02 16:25:38

         एघारौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं महाधिवेशनका प्रवक्ता चाउ छि चङले आज पैचिंगमा एघारौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं महाधिवेशन मार्च महिनाको 3 तारिख शुरु हुने भएको र 13 तारिख सम्पन्न हुने र हालसम्म विभिन्न तयारी कार्य सम्पूर्ण रुपमा पूरा भइसकेको कुरा बताउनुभएको छ।

         श्री चाउले आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

         सो अवसरमा श्री चाउले चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनले राष्ट्रिय राजनीति, अर्थतन्त्र, सँस्कृति तथा समाज निर्माणमा देखापरेको महत्वपूर्ण समस्या र जनताले ध्यान दिने समस्याबारे अनुसन्धान गर्ने, राजनैतिक परामर्श गर्ने, केन्द्रीय सरकार र चीनको राज्य परिषदलाई महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह