फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ सम्मेलनको यस पदावधिको अन्तिम वार्षिक अधिवेशन शुरु-2

(GMT+08:00) 2012-03-03 17:05:37

          चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ सम्मेलन अर्थात चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन आज दिउँसो पैचिङमा सुरु भएको छ। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको पाँच वर्षसम्मको पदावधिमा त्यसको अन्तिम वार्षिक अधिवेशन हो।

         हु चिन थाउ, उ बाङ को, वन च्या पाउ, च्या छिङ लिन, लि छाङ छुन, सि चिन फिङ, लि ख छ्याङ, ह को छ्याङ, चौ यौङ खाङलगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनका नेतागण आजको उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो।

         चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ लिनले यस अधिवेशनमा करिब दुई हजार दुई सय जना सदस्यसमक्ष चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो।

         चालुवर्षमा चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको कार्यबारे चर्चा गर्दा श्री च्या छिङ लिनले अर्थतन्त्रको स्थिर तथा छिटो विकास तथा सामाजिक मेलमिलाप र स्थिरतालाई प्रधान कार्यको रुपमा बनाउने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह