फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको नियमित वार्षिक अधिवेशन शुरु

(GMT+08:00) 2012-03-03 18:42:24

          चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको नियमित वार्षिक अधिवेशन शुरु हुन लागेको छ। अधिवेशनले समाजका चर्चित विषयहरुमा निकै ध्यान दिनेछ।

          चीनको सर्वोच्च राजनीतिक परामर्शदात्री संस्था--चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय सम्मेलनको नियमित वार्षिक अधिवेशन तीन तारिखका दिन पैचिंगमा आयोजित भएको छ। दुई तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा अधिवेशनका प्रेस प्रवक्ता चाउ छी चंगले यस अधिवेशनको सम्बन्धित विषयबारे जानकारी दिनुका साथै हाल निकै ध्यानाकर्षक चीनको राजनीतिक परिपाटीको सुधार, वातावरण संरक्षण र चिनियाँ उद्योग व्यवसायहरु विदेशमा गएर व्यवसाय चलाउने जस्ता चर्चित विषयहरुलाई लिएर चिनियाँ र विदेशी पत्रकारहरुबाट सोधिएका प्रश्नहरुको उत्तर दिनुभयो।

         चिनियाँ र विदेशी पत्रकारहरुले सो अवसरमा प्रस्तुत गरेका तीखा प्रश्नहरुबाट चीनको राष्ट्रिय राजनीतिक जीवनमा जन राजनीतिक परामर्शदातृ सम्मेलनको अरुले ठाउँ लिन नसक्ने भूमिका तथा यस सर्वोच्च राजनीतिक परामर्श संस्थाप्रति चिनियाँ सर्वसाधारणले दिने गरेको महत्वपूर्ण दृष्टि र राखेको असीम अपेक्षा प्रतिबिम्बित भएको छ। साथै प्रवक्ताले व्यक्त गर्नुभएको विभिन्न व्याख्या र अडानबाट पनि अधिवेशनले उच्च राजनीतिक जिम्मा बोकेर चीनको सामाजिक विकासमा देखापरेका विभिन्न समस्या प्रत्यक्ष रुपमा सामना गर्ने फलकको रुपमा रहेको अर्थ बुझिएको छ।

         सर्वोच्च राजनीतिक परामर्शदात्री संस्था चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समिति दुई हजारभन्दा बढी सदस्यहरुबाट गठित छ। यसमा चिनियाँ समाजका विभिन्न क्षेत्रका कर्मठ वरिष्ठ व्यक्तिहरु समेटिएका छन। उहाँहरुले सामाजिक जीवनका विभिन्न क्षेत्रका समस्याहरुमा ध्यान दिनुहुन्छ र सक्रियताका साथ राष्ट्रिय विकासका लागि सुझाव प्रस्तुत गर्नुहुन्छ र आ-आफ्नो विचार उद्‍गार गर्नुहुन्छ।

          बीस वर्षअघि चीनको सुधार र खुलापनको प्रधान डिजाइनर तंग श्याओ फिंगले दक्षिणी चीनको निरीक्षण गर्ने क्रममा महत्वपूर्ण कुरा भन्नुभएको थियो। ती कुराहरुले चीन बजारमुखी अर्थतन्त्रको विकास गर्ने र विश्वसित घुलमिल गर्ने बाटोमा पुनः खुट्टा टेक्न सकेको कुरालाई सुनिश्चित तुल्याएका छन्। चीनको सुधार र खुलापनको प्रक्रियाको विशेष महत्वको सिंहावलोकन गर्दै चीन अटल अचल भएर सुधार र खुलापनको रणनीतिलाई व्यवहारमा उतार्दै जाने कुरा प्रेस प्रवक्ता चाउ छि चंगले व्यक्त गर्नुभएको छ।

          दुई घण्टा लामो पत्रकार सम्मेलनमा चिनियाँ सर्वसाधारण हुन् वा देश विदेशका सञ्चार माध्यमहरु, तिनीहरुले ध्यान पुर्‍याएका चिनियाँ पदाधिकारीको वर्तमान अवस्था, जातीय र धार्मिक समस्या, जग्गा अधिग्रहण गर्ने वा घर भत्काउने जस्ता सम्वेदनशील समस्याको बारेमा प्रवक्ता चाउले कुनै पनि कुरा नपन्छाइकन प्रत्यक्ष रुपमा पत्रकारहरुको प्रश्नको उत्तर दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह