फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको यसै कार्यावधिको अन्तिम नियमित वार्षिक अधिवेशन शुरु

(GMT+08:00) 2012-03-03 19:49:13

          चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितको पाँचौं अधिवेशन वार्षिक अधिवेशन तीन तारिख पैचिंगमा शुरु भएको छ। चीनको यस सर्वोच्च राजनीतिक परामर्श संस्थाले आफ्नो कार्यावधिमा आयोजना गरिएको यो अन्तिम पूर्ण अधिवेशन हो। वितेको एक वर्षमा जन राजनीति परामर्शदातृ सम्मेलनले के के काम गरेको र भावी एक वर्षभित्र आफ्नो कार्यको महत्वपूर्ण बिन्दु कता राखेको भन्ने जस्ता सवालको चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितका अध्यक्ष च्या छिंग लिनले दिनुभएको स्थायी समितिको कार्य प्रतिवेदनमा जवाफ दिइएको छ।

          तीन तारिखका दिन चीनका विभिन्न पार्टी, समूदाय, विभिन्न जाति र विभिन्न क्षेत्रबाट आउनुभएका चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितका दुइ हजार दुइ सयजना सदस्यहरु पैचिंगमा भेला भएर राष्ट्रिय नीति र कार्यनीतिमा विभिन्न क्षेत्रले दिइरहेको ध्यानाकर्षण तथा सर्वसाधारण चिनियाँहरुको मनोभिलाषा बोकेर ल्याएका छन।

          अधिवेशन चल्ने दशदिनभित्र ती सदस्यहरुले अधिवेशनमा जन राजनीतिक परामर्शदातृ सम्मेलनका उच्च तहका नेतालु दिनुभएको कार्य निष्कर्ष सुन्नुहुनेछ, लेखाजोखा र जाँचबुझ गर्नुहुनेछ।

           चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितका अध्यक्ष च्या छिंग लिनले जन परामर्शदातृ सम्मेलनको विगत एक वर्षको कार्यको निचोड निकाल्दै वैज्ञानिक विकासको सेवा गर्ने, सामाजिक मेलमिलापलाई घच्घच्याउने र सांस्कृतिक निर्माणलाई अगाडि बढाउने क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँ भन्नुहुन्छ-

           "वितेको एक वर्षभि जन परामर्शदातृ सम्मेलनले राजनीतिक परामर्श, प्रजातान्त्रिक अनुगमन र राजनीतिक मामिलामा सहभागिता र छलफल जस्ता आफ्नो कार्यलाई राम्ररी व्यवहारमा उतार्दै आएको छ र बाह्रौं पञ्चवर्षीय योजनाको परिकल्पनाको कार्यन्वयन गर्न र सम्पन्न समाजको चौतर्फी निर्माण गर्ने कार्यमा नयाँ विजय हासिल गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ"।

           सुझाव प्रस्तुत गर्नु जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय सदस्यहरुले आफ्नो कार्यभार बहन गर्ने दिशाको सबैभन्दा प्रत्यक्ष र सबैभन्दा प्रभावकारी तरिका हो। बितेका एक वर्षमा ती सदस्यहरुले पार्टी र मुलुकको केन्द्रीय कार्यमा केन्द्रीत भएर आर्थिक निर्माणको सेवा गर्ने कुरालाई राम्ररी समातेर धेरै प्रस्तावहरु प्रस्तुत गर्नुभयो र प्रभावकारी कामकाज गर्नुभयो।

          ती सदस्यहरुले गहन रुपमा अध्ययन र जाँचबुझ गरेर प्रस्तुत गर्नुभएका प्रस्तावहरुमा केन्द्रीय सरकारका सम्बन्धित विभागले महत्वपूर्ण दृष्टि पुर्‍याएको छ। वर्तमान अधिवेशनका प्रेस प्रवक्ता चाउ छि चंगले दुइ तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा ती प्रस्तावहरुको बारेमा जानकारी दिंदै भन्नुभयो-

          "वैज्ञानिक ढङ्गबाट शहरीकरण र टाउन्शीप बस्ती बसाउनेसम्बन्धी कार्यलाई अगाडि बढाउने सम्बन्धमा धेरै सदस्यहरुले प्रस्तुत गर्नुभएको प्रस्ताव राष्ट्रिय विकास र सुधार आयोगबाट रचना गरी तयार पारिएको "शहरिकरण र टाउन्शीप बस्तीकरण कार्यको स्वस्थ विकास परिकल्पना 2011-2012" मा प्रतिबिम्बित भएको छ। साथै मझौला र ससाना उद्यम व्यवसायहरुको बोझलाई हलुका पार्ने, तिनलाई रकम संकलन गर्न गाह्रो पर्ने जस्ता समस्याबारे कुनै प्रजातान्त्रिक पार्टीका केन्द्रीय समितिका सदस्य वा राजनीतिक परामर्शदातृ सम्मेलनका सदस्यहरुले प्रस्तुत गर्नुभएका प्रस्तावलाई उद्योग र सूचना मन्त्रालय, चिनियाँ जन बैंक र बैंकींग अनुगमन र व्यवस्थापन समितिले उच्च महत्व दिएका छन्"।

          भविष्यतिर नजर पुर्‍याउँदा अध्यक्ष च्या छिंग लिनले जन राजनीतिक परामर्शदातृ सम्मेलनले झन राम्ररी आफ्नो भूमिका खेल्दै मुलुकका विभिन्न कार्यको विकासका लागि आफूले दिनु्पर्ने योगदान दिने विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो-

          "जन राजनीतिक परामर्शदातृ सम्मेलनको चालु वर्षको कार्य हो- यसले स्थिर हुने क्रममा प्रगति हासिल गर्न प्रयास गर्ने मूल आधारमा आफ्नो क्षमता निर्माणलाई सबल पार्न जोड दिनेछ, राजनीतिक मामिलाबारे दिइने सुझावको गुणस्तरलाई माथि उकास्त जोड दिनेछ र विशेष गरी सामाजिक सेवा कार्यतर्फको प्रभावकारितामा जोड दिनेछ। र सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्न र चीन राष्ट्रको महान पुनरुउत्थान गर्नका लागि नयाँ र झन ठूलो योगदान दिनेछ"।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह