फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा शान्तिपूर्ण विकासको बाटोलाई कायमै

(GMT+08:00) 2012-03-04 13:13:58

      चीनमा राष्ट्रिय प्रतिरक्षाको मात्रा देशको गार्हस्थ्य उत्पादन परिमाण अर्थात जी.डी.पी. को सम्पूर्ण मात्राको 1.28 प्रतिशत मात्र रहेको छ। जुन सङ्ख्या अमेरिका र बेलायत आदि मुलुकको तुलनामा निकै कम रहेको छ तथा अरु देशका लागि त्रास पुर्‍याएको छैन।

      एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पाँचौं वार्षिक अधिवेशनका प्रेस प्रवक्ता ली चाउ सिङ्गले आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीन सरकारले राष्ट्रिय प्रतिरक्षा निर्माणको विकासलाई आर्थिक निर्माणसँग सन्तुलित पार्नुका साथै प्रतिरक्षाको खाँचो र राष्ट्रिय आर्थिक विकासको स्तर बमोजिम राष्ट्रिय प्रतिरक्षा मात्राको निश्चित पारेको हो। सन 2012 मा चीनको राष्ट्रिय प्रतिरक्षा मात्राको बजेट 6 खरब 70 अरब 27 करोड 40 लाख चिनियाँ युआन रहेको छ। जुन सङ्ख्या सन 2011 को तुलनामा 11.2 प्रतिशतले बृद्धि भएको छ।

      चीनले शान्तिपूर्ण विकासको बाटोलाई कायमै राखी प्रतिक्षा रुपी राष्ट्रिय प्रतिक्षा नीतिको कार्यान्वयन गरेको छ भन्दै प्रवक्ता ली चाउ सिङ्गले चीनमा प्रतिरक्षा खर्चको मात्रा अन्य मुख्य देशहरुको तुलनामा अपेक्षाकृत रुपमा कम रहेको कुरा औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह