चीनमा दुईवटा अधिवेशन जारी रहेको हाराहारीमा यसको सफलताका लागि हालै केही श्रोताले आ-आफ्नो शुभकामना व्यक्त गर्नुभएको छ।
यसै बीच हाम्रो रेडियो कार्यक्रम मोनिटर राजेन्द्र पहाडीले हामीलाई इ-मेल पठाएर यसरी भन्नुभयोः विश्व राजनैतिक रङ्गमञ्चमा चीनलाई प्रखर रुपमा उभ्याउनका लागि आवश्यक पूर्वाधार तयार गर्न र 21 औं शताब्दीको बाँकी अवधिका आवश्यकतालाई सम्बोधन गर्न सक्ने कामयाबी नेतृत्व चयन गर्न चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले यी अधिवेशनहरुमा आफूलाई खरो उतार्ने छ भन्ने हामीले विश्वास लिएका छौं। सन 2020 सम्ममा चीनलाई अहिलेको अवस्थाबाट निकै माथि उठाउने र विश्व समुदायका सामु एक सफल तथा सम्पन्न राष्ट्र बनेर देखाउने अभियानमा यस पटकको अधिवेशनहरुले कोशे ढुङ्गाको काम गर्ने कुरामा आशावादी हुने प्रशस्त ठाउँ रहेको छ।