फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक सम्मेलनद्बारा पहिलो पत्रकार सम्मेलनको आयोजना 

(GMT+08:00) 2012-03-04 17:48:46
    चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन काँग्रेसको वार्षिक सम्मेलन मार्च पाँच तारिखका दिन शुरु हुनेछ। चीनका विभिन्न ठाउँका जन काँग्रेसका दुई हजारभन्दा बढी प्रतिनिधिहरूले विभिन्न स्थानका सर्वसाधारणको हार्दिक आशा लिएर पैचिङ्गमा भेला भई देशको विकास योजनाको तर्जुमा गर्नका लागि आ-आफ्नो राय-सुझाव प्रस्तुत गर्ने भएका छन्। राष्ट्रिय जन काँग्रेसको पहिलो प्रेस सम्मेलन चार तारिख बिहान आयोजना गरिएको छ। सम्मेलनका प्रवक्ता लि चाउ सिङ्गले सम्मेलनका विभिन्न प्रक्रिया तथा तैयारी अवस्थाबारे जानकारी दिनुका साथै चिनियाँ   तथा विदेशी पत्रकारहरूबाट सोधिएका प्रश्नहरूको पनि जवाफ दिनुभएको छ। तीमध्ये आपराधिक मुद्दा ऐनको संशोधिक मसौदा, राष्ट्रिय प्रतिरक्षात्मक बजेट, आर्थिक नीति तथा आगामी जन काँग्रेसका प्रतिनिधिहरूको निर्वाचन आदि विषयहरूमा देशी र विदेशी सञ्चार माध्यमहरूले विस्तृत नजर पुर्‍याएका छन्।

        प्रवक्ता लि चाउ सिङ्गले सर्वप्रथम यस सम्मेलनका प्रक्रियाबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, यस वर्षको राष्ट्रिय जन काँग्रेसको वार्षिक सम्मेलन पाँच तारिख बिहान उद्धाटन हुने र चौध तारिख बिहान सम्पन्न हुनेछ। पूर्ण सम्मेलन साढे नौ दिनसम्म चल्नेछ। यस पटकको सम्मेलनमा मुख्यत: सरकारी कार्यकारी प्रतिवेदनको सुनुवाई र लेखाजोखा गर्नु, योजना प्रतिवेदन र बजेट प्रतिवेदनको लेखाजोखा र अनुमोदन गर्नु, आपराधिक मुद्दा ऐनको संशोधित मसौदाको लेखाजोखा गर्नु, बाह्रौं राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूको नामावली तथा निर्वाचनसम्बन्धी मसौदाको लेखाजोखा गर्नु, हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र र मकाउ विशेष प्रशासनिक क्षेत्रद्बारा बाह्रौं राष्ट्रिय जन काँग्रेस सम्मेलनका प्रतिनिधिको निर्वाचन गरिने दुईवटा मसौदाको लेखाजोखा लगायतका दशवटा प्रक्रियाहरू पनि समावेश छन्।

        सम्मेलनको प्रक्रिया बमोजिम यस वर्ष राष्ट्रिय जन काँग्रेस स्थायी समितिले आपराधिक मुद्दा ऐनको संशोधित मसौदाको लेखाजोखाका लागि सम्मेलनसमक्ष पेश गर्ने भएको छ। यो सन् 1979देखि यता आपराधिक मुद्दा ऐनको संशोधन गर्नलागिएको दोस्रो पटक हो। त्यस ऐनले अझ प्रभावकारी रुपमा अपराधीलाई सजाई दिनुका साथै नागरिकको अधिकारको सम्मान र प्रत्याभूति दिनसक्ने प्रतिक्षामा सबै सर्वसाधारण रहिरहेका छन्। श्री लि यसरी भन्नुहुन्छ:

        मानव अधिकारको सम्मान गर्नु र त्यसलाई प्रत्याभूति दिनु नै हाम्रो देशको संविधानमा निश्चित गरिएको एक महत्वपूर्ण सिद्धान्त हो। त्यसबाट समाजवादी व्यवस्थाको मूलभूत आग्रह पनि प्रष्ट भएको छ। यस पटक आपराधिक मुद्दा ऐनको संशोधन गर्ने कुराले गम्भीर रुपमा अपराधलाई सजाई दिने र मानव अधिकारलाई सुनिश्चित पार्ने बीचको सम्बन्धलाई राम्रोसँग व्यवहार गर्नुपर्छ।

        चीनको राष्ट्रिय प्रतिरक्षात्मक आय व्यय भन्ने समस्या सधैं नै बाह्य जगतका लागि ध्यानाकर्षण विषय रहंदैआएको छ। यसबारे चर्चा गर्दै प्रवक्ता लिले चीनले शान्तिपूर्ण विकास हुने बाटोलाई कायम राख्नुका साथै प्रतिरोधात्मक राष्ट्रिय प्रतिरक्षा नीति अपनाउँदैआएको कुरामा जोड दिनुभएको छ। उहाँका अनुसार, सन् 2012मा चीनको राष्ट्रिय प्रतिरक्षात्मक बजेट छ खर्ब सत्तरी अर्ब सत्ताईस करोड चालीस लाख चिनियाँ युआन पुग्नेछ। जुन रकम गत वर्षको तुलनामा एघार दशमलब दुई प्रतिशतले बढी हो। उहाँ यसरी भन्नुहुन्छ:

        सन् 2011मा हाम्रो देशको राष्ट्रिय प्रतिरक्षात्मक आय व्ययले राष्ट्रिय गार्हस्थ्य उत्पादनमा ओगटेको अनुपात करिब एक दशमलब दुई आठ प्रतिशत मात्र रहेको थियो। तर अमेरिका र बेलायत आदि मुलुकको त्यस अनुपात दुई प्रतिशतभन्दा बढी छ। चीनको सिमित सैनिक शक्तिले देशको सार्वभौमिकता र भूखण्डको अक्षुण्णताको सँरक्षण गर्ने हो। र अन्य मुलुकका लागि त्रास-धम्की हुने छैन। विश्व शान्तिका लागि हामीले अन्य शान्तिप्रेमी मुलुक तथा जनताहरूसँगै मिलेर ठूलो प्रयास गरेका छौं।

        यसबाहेक प्रवक्ता लिले अन्तर्राष्ट्रिय समाजसित बैकिङ्ग संकटबाट ल्याएको असरको सामना गर्न चीन इच्छुक रहेको कुराबारे चर्चा गर्दै भन्नुभयो:

        चिनियाँ जनता र सारा विश्वका जनताहरूको साझा हितका लागि अन्तर्राष्ट्रिय समाजसँगै मिलेर बैकिङ्ग संकटको नकारात्मक असरको सामना गरी चिनियाँ जनता तथा सारा विश्वका जनताका लागि हित-कल्याण सिर्जना गर्न हामी इच्छुक रहेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह