फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जनकांग्रेसको वार्षिक अधिवेशन पैचिङमा सुरु

(GMT+08:00) 2012-03-05 10:13:15

           एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पाँचौं पूर्ण अधिवेशन 5 तारिख विहानदेखि पैचिङमा सुरु भएको छ । हु चिन थाउ, उ पाङ को, वन च्या पाउ, च्या छिङ लिन, लि छाङ छुन, सि चिन फिङ, लि ख छ्याङ, ह को छ्याङ, चौ यौंग खाङलगायत चिनियाँ नेता गण यस अधिवेशनमा उपस्थित हुनुहुन्थ्यो।

           चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष उ पाङ कोले यस अधिवेशनको अध्यक्षता गर्नुभयो । चीनका प्रधानमन्त्री वन च्या पाउले चिनियाँ राष्ट्रिय जन कांग्रेसका करिब तीन हजार जना प्रतिनिधिसमक्ष सरकारी कार्य प्रतिवेदन पढेर सुनाउनुभयो । यस सरकारी कार्य प्रतिबेदनले सन् 2011मा चीन सरकारको कार्यबारे सिंहावलोकन गर्नुका साथै सन् 2012मा चीन सरकारको कार्ययोजनाको बन्दोबस्त मिलाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह