फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्ष चीनको जी.डी.पी.को बृद्धि लक्ष्य 7.5प्रतिशत हुने र सी.पी.आई.को बृद्धि परिमाण लगभग 4प्रतिशतमा नियन्त्रण गरिने

(GMT+08:00) 2012-03-05 10:55:29

      चीनका प्रधानमन्त्री वन च्या पाउले आज एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशनमा चालू वर्ष चीनको कूल गार्हस्थ उत्पादन अर्थात् जी.डी.पी.मा बृद्धि हुने लक्ष्य 7.5 प्रतिशत हुने र उपभोगक्ता मूल्य सूची अर्थात् सी.पी.आई.मा बृद्धि हुने परिमाण लगभग 4 प्रतिशतमा नियन्त्रण गरिने कुरा बताउनुभएको छ।

      श्री वनले एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशनमा सरकारको कार्य प्रतिवेदन दिँदै जी.डी.पी.मा बृद्धि हुने लक्ष्य अलि कम पार्ने कारण "बाह्रौं पञ्च वर्षीय योजना"को लक्ष्यसित क्रमशःजोड्न, विभिन्न क्षेत्रलाई आर्थिक बृद्धि पद्धति बदल्न गति प्रदान गर्न तथा आर्थिक विकास गुणस्तर र फाइदा बढाउन निर्देशन गर्नु रहेको बताउनुभयो।

      यसै गरी श्री वनले चालू वर्ष शहर र ग्रामीण क्षेत्रमा बढ्ने नयाँ रोजगार अवसरको अनुमान लक्ष्य नब्बे लाख हुने, शहर र ग्रामीण क्षेत्रमा दर्ता गरिने वेरोजगार दर 4.6 प्रतिशतभित्र नियन्त्रण गरिने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह