फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्थाद्बारा सरकारी कार्यको लेखाजोखा

(GMT+08:00) 2012-03-05 18:57:32
   मार्च पाँच तारिख बिहान चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन काँग्रेसले पैचिङ्गमा वार्षिक अधिवेशनको आयोजना गरेको छ। सारा देशका जन काँग्रेसका लगभग तीन हजारजना प्रतिनिधिहरूले जन बृहद सभा भवनमा भेला भई संयुक्त रुपमा चीनको आर्थिक तथा सामाजिक विकाससम्बन्धी वार्षिक रोड-म्यापको तर्जुमा गरेका छन्।

        बिहान नौ बजेतिर उक्त अधिवेशन उद्धाटन हुनासाथै प्रधानमन्त्री वन च्या पाउले राज्य परिषद्को तर्फबाट राष्ट्रिय जन काँग्रेससमक्ष सरकारी कार्यकारी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

        उक्त प्रतिवेदनले बितेको एक वर्षभित्र चीन सरकारको कार्यको निचोड निकाल्नु बाहेक यस वर्षको वास्तविक कार्यभारबारे पनि निर्देशन दिएको छ। वर्तमान चीन सरकारका लागि सन् 2012 एउटा विशेषतायुक्त वर्ष नै हो। श्री वन च्या पाउ यसरी भन्नुहुन्छ:

        यस वर्ष "बाह्रौं पन्च वर्षिय"योजनाको कूल अवधिका लागि एक महत्वपूर्ण साल हुनुका साथै वर्तमान सरकारको कार्यावधिको अन्तिम वर्ष पनि हो। हामीले कर्तव्यको अक्षरश: पालना गर्नुका साथै प्रगति हासिल गरी कठिनाईलाई जितेर जनतासमक्ष सन्तुष्टी कार्य प्रस्तुत गर्नुपर्छ।

        श्री वन च्या पाउका अनुसार, हाल चीनको आर्थिक तथा सामाजिक विकासको क्रममा केही कठिनाई र चुनौती अझ बाँकी छन्। अन्तर्राष्ट्रिय दृष्टिबाट हेर्दा विश्व अर्थतन्त्रको पुन:रुत्थान हुने प्रक्रिया ज्यादै अप्ठ्यारो रहेको, अन्तर्राष्ट्रिय बैकिङ्ग संकट विकसित हुँदैगएको र केही मुलुकका सार्वभौमिक ऋण संकट पनि निकट भविष्यमा शिथिल हुन निकै गाह्रो छ। देशभित्रको दृष्टिबाट हेर्दा व्यवस्थात्मक बनौटमा मौजुद अन्तर्विरोधको समाधान गर्ने र विकासमा देखा परेको असन्तुलित अवस्थालाई खुकुलो पार्ने आवश्यकता छ।

        विभिन्न किसिमका कठिनाईको कसरी सामना गर्ने सन्दर्भमा श्री वन च्या पाउले प्रतिवेदनमा नयाँ राय-सुझाव पनि प्रस्तुत गर्नुभयो:

        हामीले चौतर्फी रुपमा यस वर्षका विभिन्न कार्य राम्रोसँग गर्नुपर्छ। हामीले मुख्य विषय र मुख्य बिन्दुलाई कायम राखेर बृद्धि दरलाई स्थिर पार्ने, माल-सामानको मूल्यको नियन्त्रण गर्ने, बनौटको समन्वय गर्ने, नागरिक मामिलालाई अझै हितकर बनाउने, सुधारको विकास गर्ने र मेलमिलापलाई अघि बढाउने लगायतका विषयहरूलाई राम्ररी जोडिदिनुपर्छ।

        जनमतका अनुसार, उक्त विचारधाराबाट "स्थिर अवस्थामा रही प्रगति हासिल हुने"मुख्य विचारधारा पनि प्रतिबिम्बित गरिएको छ। सन् 2008 अर्थात् आफ्नो कार्यावधि शुरु भएको बेला सारा विश्वमा प्रचलित अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको सामना गर्दा वर्तमान सरकारले "स्थिर अवस्थामा रही प्रगति हासिल हुने"सिद्धान्तलाई कायम राख्ने कुरा प्रस्तुत गरेको थियो। अब चार वर्ष भएपछि उक्त कुरालाई फेरि एक पटक यस वर्षको सरकारी कार्यकारी प्रतिवदेनमा समावेश गरिएको छ। के भन्नसकिन्छ भने त्यस कुराको ज्यादै महत्वपूर्ण अर्थ रहेको छ।

        वास्तवमा आर्थिक बनौट समस्या होस्, वा भ्रष्टाचार विरोधी समस्या होस् वा सामाजिक प्रत्याभूति समस्याहरू नै यी सबै सुधार र रचनात्मक निर्माणमा भर परेर मात्र मूलभूत रुपमा समाधान गर्नसकिनेछ। यसबारे चर्चा गर्दै श्री वन च्या पाउ यसरी भन्नुभयो:

        सुधार तथा खुल्लापन चीनको भविष्यलाई निर्देशन गरिने ठीक छनौट नै हो। हामीले वैज्ञानिक विकास दृष्टिकोणको आग्रह बमोजिम अझ ठूलो अठोट र साहसमार्फत निरन्तर रुपमा आर्थिक र राजनैतिक व्यवस्थाका विभिन्न सुधारलाई अघि बढाउँदैजानेछौं।

        अबउपरान्तका नौ दिनमा एक अर्ब तीस करोड चिनियाँ नागरिकका इच्छा तथा हितको प्रतिनिधि गर्ने जन काँग्रेसका लगभग तीन हजारजना प्रतिनिधिहरूले उक्त सरकारी कार्य प्रतिवेदनको लेखाजोखा गरेर अन्त्यमा यस वर्ष चीनको आर्थिक तथा सामाजिक विकास हुने दिशाको निर्णय गर्ने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह