फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कूटनीतिबारे चर्चा

(GMT+08:00) 2012-03-06 18:34:38
    सन् 2011को सेप्टेम्बर महिनामा "चीनको शान्तिपूर्ण विकास"शीर्षकको श्वेत पत्र जारी भएको थियो। त्यस श्वेत पत्रले‌ गम्भीरताका साथ सारा विश्व सामु शान्तिपूर्ण विकास चीनका लागि आधुनिकीकरण र जनता लाभान्वित हुने तथा देश शक्तिशाली हुने रणनैतिक छनौट हुनुका साथै विश्वको स्थायी शान्ति र साझा समृद्धिका लागि योगदान गरिने आवश्यक उपाय भएको घोषणा गरेको थियो। चीन अटलताका साथ अथक प्रयास गरेर शान्तिपूर्ण विकासको बाटोमा हिंड्दैजानेछ।

        छ वर्षपछि चीन सरकारले फेरि नयाँ शान्तिपूर्ण श्वेत पत्र जारी गरेको हो। चीन तथा विश्वका अन्य मुलुकहरूले कठिनाईको सामना गर्ने महत्वपूर्ण बखतमा उक्त श्वेत पत्रले चीनको दृढ अडानको पुन:पुष्टी गरेको मात्र नभई सारा विश्व सामु चीनको दायित्वपूर्ण धारणालाई पनि स्पष्टसँग देखाएको छ।

        एघारौं चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको पाँचौं अधिवेशनमा सहभागी हुनुभएका राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत वैदेशिक मामिला कार्यालयका उपप्रमुख छ्यौ युआन फिङ्गले पत्रकारसँग कुराकानी गर्दै शान्तिपूर्ण विकासको बाटोमा डटिरहनु नै चीनको अडिग अडान रहंदैआएको कुरामा जोड दिनुभयो। उहाँका अनुसार, सुधार तथा खुल्लापन लागू भएको तीस वर्षभन्दा लामो समययताको वास्तविक अवस्थाले हामी आफ्नो देशको वास्तविक अवस्था अनुकूल हुने र युगको प्रवाहसित मिल्ने विकसित बाटोमा हिंडिरहेको प्रमाणित गरिएको छ । उहाँ यसरी भन्नुहुन्छ:

        त्यो कुरा एक किसिमको राष्ट्रिय विचारधारा बनिसकेको छ। साथै त्यस कुरालाई स्पष्टसँग हाम्रो पार्टी र देशका विभिन्न प्रकारका महत्वपूर्ण दस्तावेजमा पनि समावेश गरिएको छ। हाम्रो पार्टी र देशका नेतागणले अन्तर्राष्ट्रिय मञ्चमा धेरै पटकगरी खुला रुपमा त्यसलाई प्रकाश पार्नुभएको छ। र त्यस कुरा पूराका पूरै हाम्रो समस्त सामाजिक व्यवहारमा पनि मिसिइसकेको छ।

        चीनका परराष्ट्र मन्त्री याङ्ग चे छले छ तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बितेका दश वर्षभित्र चीनको कूटनीतिले कठिनाईलाई जितेर सराहना पाउनुका साथै प्रतिष्ठाको पनि सँरक्षण गरेको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ:

        बितेका दश वर्षमा विश्वमा ठूलो विकास भएको, ठूलो परिवर्तन भएको र ठूलो समन्वय भएको दश वर्ष हो। साथै चीनको कूटनीतिमा सकारात्मक प्रगति र टडकारो उपलब्धि प्राप्त भएको दश वर्ष पनि हो। हामीले श्री हु चिन थाउ महासचिव रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नेतृत्वमा राम्रोसँग डाँबाडोल परिस्थितिको सामना गर्नुका साथै सक्रियताका साथ नयाँ स्थितिको सिर्जना गरी चीनको आर्थिक र सामाजिक विकासका लागि हितकर बाह्य वातावरणको सिर्जना गरेका छौं।

        विश्वको ठूलो परिवर्तन र समन्वय भइरहेको अवधिमा चीन तथा विश्व बीचको सम्बन्धमा पनि जटिल परिवर्तन देखा परेको छ। चीनको वास्तविक शक्ति सबल हुनुका साथसाथै चीनको परराष्ट्र पनि सँगै अघि बढ्नुपर्छ। अझ लचिलो, वास्तविक र रचनात्मक रुपमा बाह्य मामिलाको समाधान गर्नु चीनको परराष्ट्र विकासको आवश्यक आग्रह पनि हो।

        सन् 2012तर्फ उन्मूख अझ अनेकन् अनिश्चित तथा अस्थायी कारकतत्वहरू पनि मौजुद छन्। के भन्नसकिन्छ भने हाल चीन सामु देखा परेको क्षेत्र र समस्त अन्तर्राष्ट्रिय वातावरण शीत युद्धपछि सबैभन्दा जटिल र गम्भीर छ।

        यस विषयबारे चर्चा गर्दै चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन स्थायी समितिका सदस्य, विदेशी मामिला परिषद्का उपाध्यक्ष एवम् पूर्व उप परराष्ट्र मन्त्री ऊ ता वैले विश्वका विभिन्न मुलुकसँग हातमा हात मिलाएर साझा समृद्धिलाई साकार तुल्याउन चीन इच्छुक रहेको भन्नुभयो:

        शान्तिपूर्ण विकासको बाटोलाई कायम राख्नु नै चीनका लागि एक महत्वपूर्ण राष्ट्रिय नीति हो। हामीले यस्तो नीतिलाई कायम राख्दैआएको र राख्नैजानेछौं। त्यस नीति परिवर्तित हुँदैन। हामीले शान्तिपूर्ण विकास हुने तरिकामार्फत साझा विकास र साझा समृद्धिलाई साकार तुल्याउन खोजेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह