फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई मुलुकबीचको सम्बन्ध स्वस्थ र स्थिरताका साथ विकास हुने चीन र भारतको आशाः श्री याङ चे छ

(GMT+08:00) 2012-03-06 12:53:21

      चीनका परराष्ट्रमन्त्री याङ चे छले आज पैचिंगमा चीन र भारतले दुई मुलुकबीचको सम्बन्ध स्वस्थ र स्थिरताका साथ विकास हुने आशा लिएको र आदान-प्रदानलाई सबल पार्ने, आपसी विश्वास बढाउने र सहयोगलाई विस्तार गर्ने आशा लिएको कुरा बताउनुभएको छ।

      श्री याङले आजै आयोजित एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौं अधिवेशनको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

      श्री याङले हाल विश्वका नवोदित बजार र विकासोन्मुख मुलुक तीब्र रुपमा विकास भएको कुरा अन्तर्राष्ट्रिय परिधिलाई न्यायपूर्ण र समुचित दिशातर्फ विकास हुन अगाडि बढाउनका लागि हितकर भएको कुरा बताउनुभयो। उहाँले गतवर्ष चीनको सान या शहरमा आयोजना भएको ब्रिक्स मुलुकका नेतागणको तेस्रो वार्ता निकै सफल भएको कुरा व्यक्त गर्नुका साथै निकट भविष्यमा भारतमा आयोजना हुने चौथो वार्ताले सफलता हासिल गर्ने कुरामा विश्वास लिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह