फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वर्तमान प्रविधिले आणविक विद्युतको सुरक्षाको प्रत्याभूति गर्नसक्नेः चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य

(GMT+08:00) 2012-03-06 10:54:54

      चीनको आणविक क्षेत्रका केही चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यहरु एवम् प्रसिद्ध विशेषज्ञहरुले हिजो चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा प्रस्तुत सरकारी कार्य प्रतिवेदनबारे छलफल गर्दै चीनको वर्तमान प्रविधिले आणविक विद्युतको सुरक्षाको प्रत्याभूति गर्नसक्ने कुरा बताउनुभएको छ।

      चीनको राष्ट्रिय ऊर्जा व्यूरोका पूर्व प्रमुख चाङ को पोले आणविक विद्युतले चीनको ऊर्जा-श्रोतमा सानो अनुपात ओगटेको र आणविक विद्युत चीनको भावी ऊर्जाको महत्वपूर्ण भाग हुने बताउनुभयो।

      चीनको आणविक विद्युत परियोजना कम्पनी लिमिटेडका उप महाप्रबन्धक लिउ वैले धेरै वर्षको प्रयासपछि चीनको आणविक उद्योगको श्रृङ्खला पूरा भइसकेको साथै आणविक विद्युतको निर्यातका क्षेत्रमा राम्रो आधार र श्रेष्ठता रहेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह