फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सकारात्मक बित्तीय नीति कायम

(GMT+08:00) 2012-03-07 18:46:55
    चीनका बित्त मन्त्री स्ये स्यु रनले छ तारिखका दिन एघारौं राष्ट्रिय जन काँग्रेसको पाँचौं वार्षिक अधिवेशनद्बारा आयोजित पत्रकार सम्मेलनमा बित्त मन्त्रालयले स्थिर अवस्थामा रही प्रगति हासिल हुने आधारमा सकारात्मक बित्तीय नीति अपनाउँदैजाने कुरा बताउनुभयो। उहाँका अनुसार, चीनको बित्त मन्त्रालयले नागरिक मामिलालाई वास्तविक रुपमा सुनिश्चित पार्नुका साथै अर्थतन्त्रको स्थिर र अपेक्षाकृत छिटो विकासलाई अघि बढाउँदैजानेछ।

        वर्तमान देशी र विदेशी आर्थिक स्थिति बमोजिम चीन सरकारले यस वर्षको आर्थिक कार्यको मूल उद्देश्य प्रस्तुत गरेको छ। त्यो उद्देश्य छोटकरीमा भनेको स्थिर अवस्थामा रही प्रगति हासिल गर्नु हो। त्यसको अर्थ के हो भने बृद्धि दरलाई स्थिर पार्ने, माल-सामानको मूल्यको नियन्त्रण गर्ने, बनौटको समन्वय गर्ने, नागरिक मामिलाका लागि लाभान्वित हुने, सुधारलाई मजबुत पार्ने र मेलमिलापलाई बढाउने कुरालाई झन् राम्रोसँग जोडिदिनुपर्छ। यसबाहेक, सक्रियताका साथ अर्थतन्त्र स्थिर र अपेक्षाकृत विकास हुने, आर्थिक बनौटको समन्वय गर्ने र मूद्रास्फितिको व्यवस्थापन गर्ने विषयहरू बीचको सम्बन्धलाई सन्तुलित पार्नुपर्छ। यसबारे चर्चा गर्दै बित्त मन्त्री स्येले यसरी भन्नुभयो:

        बित्तीय नीतिको दृष्टिबाट हेर्दा यस वर्ष हामीले सकारात्मक बित्तीय नीति अपनाउनेछौं। हामीले एकातिर बित्तीय नीतिको निरन्तरता तथा स्थिरतालाई कायम राख्नुका साथै अर्कातिर भने बित्तीय समष्टिगत नियन्त्रणको निश्चितता, लचिलोपन र निर्देशनलाई पनि सबल पार्नेछौं।

        श्री स्येका अनुसार, यस वर्ष चीनले निरन्तर रुपमा सकारात्मक बित्तीय नीति अपनाउँदैजानेछ। सर्वप्रथम कर घटाउने नीतिलाई पूर्णता दिलाएर व्यवसाय तथा बासिन्दाहरूको बोझलाई खुकुलो पार्नेछ। दोस्रो, शहर तथा गाउँबस्तीका बासिन्दाहरूको आम्दानीलाई बढाएर प्रयासमार्फत उपभोग्य क्षमतालाई माथि उकास्नेछ। तेस्रो, बित्तीय व्ययको बनौटलाई अझै राम्रो पारेर नागरिक मामिलाको प्रत्याभूति र सुधार गर्नेछ। र चौथो आर्थिक बनौटको समन्वय र क्षेत्रीय विकास दुवैलाई अघि बढाएर आर्थिक विकास हुने तरिकालाई पनि परिवर्तन गर्नेछ।

        श्री स्येका अनुसार, गत वर्ष चीनको बित्त तीव्र गतिले विकसित हुँदैगएको कुराले यस वर्ष नागरिक मामिलाको सुधार र प्रत्याभूति तथा आर्थिक बनौटको समन्वय लगायत विभिन्न पक्षलाई चौतर्फी रुपमा विकसित गर्नका लागि एउटा राम्रो जग बसालेको छ। उहाँ यसरी भन्नुहुन्छ:

        बित्तीय आय नागरिकबाट आउने र नागरिकमाथि नै प्रयोग गरिनेछ। राष्ट्रिय बित्तीय आयको मुख्यत: सार्वजनिक उत्पादित वस्तु र सार्वजनिक सेवालाई उपलब्ध गराउने तथा सर्वसाधारणको साझा चाहनालाई पूरा गर्ने विषयमा प्रयोग गरिन्छ। यसो हुनाले बित्तीय आय बृद्धि हुने कुरा नागरिक मामिलाको प्रत्याभूति र सुधार, आर्थिक बनौटको समन्वय र विभिन्न पक्षका विकासका लागि हितकर हुनेछ।

        श्री स्येका अनुसार, यस वर्ष चीनले सकारात्मक बित्तीय नीति लागू गर्ने क्रममा बनौटको समन्वय गर्ने शक्तिलाई अझ बढाएर नागरिक मामिला भन्ने सन्दर्भमा अझ बढी रकम छुट्याउनेछ। मुख्यत: आधारभूत तह, ग्रामीण क्षेत्र, दुर्गम क्षेत्र र विपन्न क्षेत्रतर्फ ठूलो सहायता दिइनेछ। यसका अतिरिक्त, जोडतोडसँग शिक्षा, चिकित्सा र स्वास्थ्य, सामाजिक प्रत्याभूति र रोजगार, सुनिश्चित आबास भवनको निर्माणलाई अघि बढाउनुका साथै सार्वजनिक संस्कृति आदि सामाजिक मामिलाको विकासलाई पनि तिब्र पार्नेछ। उहाँ भन्नुहुन्छ:

        नागरिक मामिलालाई सुनिश्चित पार्नु र त्यसको सुधार गर्नु हाम्रो आर्थिक तथा सामाजिक विकासको मूलभूत उद्देश्य हुनुका साथै बित्तीय कार्यका लागि त्यो ज्यादै महत्वपूर्ण विषय पनि हो। त्यसैगरी हरेक वर्षको बजेटको तर्जुमा गर्ने क्रममा हामीले सधैं नै नागरिक मामिलाको सुधार भन्ने विषयलाई हाम्रो मुख्य कार्य बिन्दुको रुपमा बनाउने गर्दछौं।

        यस वर्ष राष्ट्रिय बित्त मन्त्रालयले निरन्तर रुपमा नागरिक मामिलासम्बन्धी महत्वपूर्ण बन्दोबस्त मिलाउँदैजानेछ। केन्द्रीय बित्तीय बजेटको तथ्याङ्कबाट हेर्दा सर्वसाधारणको जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको शिक्षा, चिकित्सा र स्वास्थ्य, सामाजिक प्रत्याभूति र रोजगार, सुनिश्चित आबास भवन र संस्कृति लगायतका पक्षमा छुट्याइने रकम तेह्र खर्ब चिनियाँ युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ। जुन रकम गत वर्षको दाँजोमा जम्मा उन्नाईस दशमलब आठ प्रतिशतले बढी हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह