फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली श्रोताद्बारा चीनको दुई वटा अधिवेशनको भव्य सफलताका लागि हार्दिक शुभकामना व्यक्त

(GMT+08:00) 2012-03-07 11:15:09
      चीनको दुई अधिवेशन पैचिंगमा आयोजना हुँदैआएको बेलामा सी.आर.आई.श्रोता क्लबहरुको राष्ट्रिय परिषद, नेपालका उपाध्यक्ष हुमबहादुर खङकाले हामीलाई एउटा इमेल पठाउनुभएको छ। इमेलमा उहाँ भन्नुहुन्छ-यतिबेला हाम्रो अभिन्न छिमेकी मित्र राष्ट्र जन गणतन्त्र चीनको राजधानी पैचिंग स्थित ग्रेट हल अफ दि पिपुल्समा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन एवम् चिनियाँ राष्ट्रिय जन काँग्रेसको 11औं राष्ट्रिय समितिका पाँचौं अधिवेशनहरु आयोजित भईरहेका छन्। प्रथमत मेरो आफ्नो व्यक्तिगत एवम् सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद, नेपालको तर्फबाट यी दुबै वार्षिक अधिवेशनहरुको भव्य सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु।

      विश्व शान्ति, सह-अस्तित्व र भाईचाराको सम्बन्धलाई अरू दरिलो बनाउदैँ एक चीनको नितिमा अडिक हुँदै सिङ्‌गो चीन र समस्त चिनियाँ जनताहरूको चौतर्फी विकाशमा यि दुवै अधिवेशनहरूले मार्ग प्रशस्त गर्न सकुन । मेलमिलापयुक्त सम्पन्न र समुन्नत समाज निर्माण गर्दै समस्त चिनियाँ जनताहरूको सुनौलो भविष्यको खाका कोर्न यि दुवै अधिवेशनहरू कोसेढुङ्गा साबित होऊन्‌ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह