चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसका प्रतिनिधि एवम् चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पाइ मा छि लिनले आज दिउँसो पैचिंगमा हाल तिब्बतमा स्थिर परिस्थिति र जातीय एकता रहेको र विभिन्न जातिका बासिन्दाले खुसी भएर जीवन बिताएका र काम गरेका बताउनुभएको छ। साथै उहाँले जातीय एकता तिब्बतका विभिन्न जातिका जनताको जीवन रेखा हो भन्दै जनताले स्थिर र खुसीको जीवन बिताउने मनसाय लिएको र मूल्यवान जीवनको राम्रोसँग संरक्षण गर्ने कुरा बताउनुभएको छ।
उहाँले आज सरकारी कार्य प्रतिवेदनबारे लेखाजोखा गर्दै उक्त कुरा बताउनुभएको हो।