फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्री हु चिन थाउ आदि नेतागणद्बारा एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौं अधिवेशनका केही प्रतिनिधि मण्डहरुको लेखाजोखामा सहभागी

(GMT+08:00) 2012-03-07 19:41:09
      चिनियाँ कम्युनिष्ट पार्टी एवम् चीनका नेता हु चिन थाउ, ऊ पाङ को, वन च्या पाउ, च्या छिङ लिन, लि छाङ छुन, सि चिन फिङ, लि ख छ्याङ, ह को छ्याङ, चौ युङ खाङ आज बिहान एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौं अधिवेशनका केही प्रतिनिधि मण्डलहरुको लेखाजोखामा सहभागी हुनुभएको छ।

      चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय समितिअन्तर्गत सैन्य आयोगका अध्यक्ष श्री हु चिन थाउले युन नान प्रतिनिधि मण्डलसँग सरकारी कार्य प्रतिवेदनबारे लेखाजोखा गर्दै महिला प्रतिनिधिहरु तथा सदस्यहरुलाई हार्दिक शुभकामना दिनुभयो।

      चिनियाँ कम्युनिष्ट पार्टीको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् चीनका प्रधानमन्त्री वन च्या पाउले थेन चिन प्रतिनिधि मण्डलको लेखाजोखामा भाग लिँदै थेन चिनको पिन हाई नयाँ क्षेत्रले आफ्नो श्रेष्ठता खेल्ने, चीनको सुधार तथा खुलापनको झ्याल बन्ने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह