फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शहर तथा गाउँबस्तीको समान निर्वाचन समाजवादी प्रजातन्त्र र राजनीतिको विकासका लागि गहिरो अर्थ हुने 

(GMT+08:00) 2012-03-08 18:42:32
    पैचिङ्गमा भइरहेको राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन एघारौं राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूले आ-आफ्नो कार्यभार बहन गरेर भाग लिइरहेको अन्तिम वार्षिक अधिवेशन हो। आगामी निर्वाचन अर्थात् बाह्रौं राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूको निर्वाचन चीनले संशोधित नयाँ निर्वाचन ऐन अनुसार पहिलो पटकगरी शहर तथा गाउँबस्तीका जनसङख्या-अनुपात समान हुने सिद्धान्त बमोजिम गर्नेछ। आगामी राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूको सुचारु निर्वाचनलाई प्रत्याभूति दिनका लागि यस पटकको राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनले राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूको निर्वाचन भन्ने विषयलाई निर्देशन दिएको छ। त्यस निर्देशनमा "प्रत्येक मान्छे समान हुने, सबै क्षेत्र समान हुने र सबै जाति समान हुने"प्रजातान्त्रिक विचार पनि विस्तृत रुपमा प्रतिबिम्बित गरिएको छ।

        सन् 1953मा बनाइएको चीनको पहिलो निर्वाचन ऐनमा गाउँबस्ती र शहरका प्रत्येक प्रतिनिधिद्बारा प्रतिनिधित्व गरिने जनसङख्यालाई विभिन्न नियममा बाँधिएको छ। धेरैपटकको संशोधन गरिएपछि विभिन्न तहका जन काँग्रेसका प्रतिनिधिहरूको निर्वाचन अनुपात 4:1को रुपमा तोकिएको छ। त्यसको अर्थ के थियो भने चारजना किसानको प्रतिनिधि अधिकार एकजना शहरीबासीको प्रतिनिधि अधिकार बराबर हुन्थ्यो। यस विषयबारे चर्चा गर्दै पैचिङ्ग विश्वविद्यालय अन्तर्गत कानून क्याम्पसका प्राध्यापक चाङ्ग छ्येन फानले यसरी भन्नुभयो:

        पुरानो निर्वाचन व्यवस्थाबाट निर्वाचित जन काँग्रेसका प्रतिनिधिहरूले पूराका पूरै समस्त चीनका धेरैजसो जनताको हितको प्रतिनिधि गर्नसक्दैनन्। बितेका केही वर्षयता हामीले त्यस समस्याको केही समन्वय गरिसके तापनि शहर तथा गाउँबस्ती बीच निर्वाचन अनुपात एउटै हुने लक्ष्य पूरा नहोउन्जेलसम्म त्यस समस्याको पूर्ण रुपमा समाधान पनि गर्न सकिन्दैन।

        सन् 2010मा आयोजित राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा निर्वाचन ऐनको संशोधन गरिने निर्णय-प्रस्तावलाई पारित गरिएको थियो। त्यस ऐनअनुसार, राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरूको कूल सङख्या राष्ट्रिय जन काँग्रेस स्थायी समितिले विभिन्न प्रान्त, स्वायत्त प्रदेश र सरकारी स्वशासित शहरका जनसङख्या बमोजिम प्रत्येक प्रतिनिधिद्बारा प्रतिनिधि गरिने शहर तथा गाउँबस्तीका जनसङख्या समान हुने सिद्धान्तको आधारमा विभिन्न क्षेत्र, विभिन्न जाति र विभिन्न पक्षका वास्तविक आग्रह अनुसार वितरण गर्दछ। त्यो कुरा चीनका शहर तथा ग्रामीण क्षेत्रका बासिन्दाहरूको निर्वाचनमा पहिलो चोटी "एउटै मत र समान अधिकार"हुने लक्ष्य पूरा भएको प्रतिक पनि हो।

        चिनियाँ जन विश्वविद्यालयअन्तर्गत सार्वजनिक व्यवस्थापन क्याम्पसमा कार्यरत् सार्वजनिक र सुरक्षित नीतिसम्बन्धी प्राध्यापक माऊ शौ लोङ्गका अनुसार, जन काँग्रेसका प्रतिनिधिहरूको नयाँ निर्वाचन ऐनबाट प्रत्येक मान्छे समान हुने सिद्धान्त स्पष्टसँग प्रष्ट भएको छ। उहाँ यसरी भन्नुहुन्छ:

        हाल शहर तथा ग्रामीण क्षेत्र बीचको निर्वाचन अनुपात एउटै भएको कुराको वास्तविक अर्थ किसानको एक मत शहरीबासीको एक मत बराबर हुन्छ। त्यो शहर तथा गाउँबस्तीका जनसङख्या सन्तुलित विकास हुँदैआएको परिणाम पनि हो। समष्टिगत दृष्टिबाट हेर्दा त्यस कुरा निर्वाचनको सामु सबैजना समान हुने र प्रतिव्यक्ति एक मत हुने सिद्धान्तसँग अनुकूल भएको देखिन्छ।

        शहर तथा गाउँबस्ती बीच समान जनसङख्या अनुपात बमोजिम जन काँग्रेसका प्रतिनिधिको निर्वाचन हुनाले शहर तथा ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई समान निर्वाचन अधिकारको उपभोग गराउनसक्नेछ। यसबाहेक, यो समाजवादी प्रजातन्त्र र राजनीतिको विकास हुने महत्वपूर्ण कदम पनि हो। यस विषयबारे चर्चा गर्दै फिनिक्स स्याटलाइट टेलिभिजनका टिप्पणीकार तु फिङ्गले आफ्नो विचार यसरी व्यक्त गरेका छन्:

        यस्तो कुरा चीनको प्रजातान्त्रिक राजनीतिक कार्यक्रममा सहभागी हुने र छलफल गरिने प्रक्रियामा एक महत्वपूर्ण प्रगति नै हो। त्यस कुराबाट चीनले शहर तथा ग्रामीण क्षेत्रका प्रत्येक नागरिकलाई निष्पक्ष अधिकार दिएको प्रतिबिम्बित गरिएको छ। त्यसले नागरिकको स्वतन्त्र र समान अधिकारमा गरेको एक किसिमको सम्मान पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह