फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2011 चीनको कृषि तथा ग्रामीण अर्थतन्त्रमा राम्रो विकास

(GMT+08:00) 2012-03-09 15:54:34
      सन् 2011 मा चीनमा खाद्य-पदार्थको उत्पादन र किसानको सरदर आम्दानी बढेकाले अवको आठ वर्षसम्म अर्थतन्त्रमा राम्रो उन्नतिको लक्षण देखिएको चिनियाँ कृषिमन्त्री हान छाङ्ग फूले जानकारी दिनुभएको छ ।

      9 तारिखमा एघारौं चिनियाँ राष्ट्रिय काँग्रेसको पाँचौं अधिवेशनको पत्रकार सम्मेलनमा श्री हानले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार, सन् 2011 मा चीनको खाद्य-पदार्थको उत्पादन 5 खर्ब 71 अर्ब 21 करोड किलोग्रामले बढ्नुका साथै किसानको सरदर आम्दानी पनि 6 हजार 9 सय 77 चिनियाँ युआन पुगेको छ।

      सन् 2012 मा खाद्य-पदार्थको उत्पादन 5 खर्ब 25 अर्ब केजी र किसानहरुको आम्दानी 7 दशमलव 5 प्रतिशतले वृद्धि गर्न चीनले खाद्य-पदार्थको उत्पादनको स्थिर विकासलाई केन्द्रित गरी कृषि क्षेत्रमा आधुनिक विज्ञान तथा प्रविधिको विकासलाई जोड दिने पनि श्री हानले बताउनुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह