फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चारमाध्यमद्वारा चीनको आर्थिक विकासको ढाँचा परिवर्तनको व्यापक चर्चा

(GMT+08:00) 2012-03-10 11:51:02

         चीनमा दुई अधिवेशन अहिले जारी छन्। त्यसैले विश्वको ध्यान पनि अहिले चीनतिर तानिइरहेको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले हाल सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। सो प्रतिवेदनले आठ वर्षयता पहिलो पटक आर्थिक विकास लक्ष्यलाई कम पारेर 7.5 प्रतिशतमा झारिएको छ। साथै उपभोग चाहनाको विस्तारमा ध्यान दिनुका साथै उपभोग विस्तारसम्बन्धी दीर्घकालीन प्रणालीको स्थापना छिटै पार्ने कुरामा पनि जोड दिइएको छ। त्यसबाट विदेशी राजनीतिक तथा व्यापारिक क्षेत्रका व्यक्तिमा व्यापक चर्चा हासिल हुनुका साथै विदेशी विभिन्न ठूलो सञ्चारमाध्यमको मुख्य पृष्ठमा पनि ती कुरा देखिएका छन्।

         वमल स्ट्रीट जर्नलले लेख प्रकाशित गरी चीनले यस वर्षको आर्थिक विकास लक्ष्यलाई 7.5सम्म घटाएको कार्यबाट राष्ट्रको नेतृत्वको लगानीद्वारा अर्थव्यवस्था प्रोत्साहित नभई आर्थिक विकासको तरिका बदली आन्तरिक मागलाई विस्तार गर्नुसम्मको संशोधन गर्ने अर्थ देखिन्छ।

          ब्लुमबर्ग न्यूजका अनुसार, त्यसबाट चीनले आर्थिक विकासको गतिबाट आर्थिक विकासको गुणस्तर र प्रभावकारीताको बृद्धिसम्म संशोधन गरेको देखिन्छ।

          अमेरिकी बिज्नेस वीकले पनि टिपण्णी लेख प्रकाशित गरेको छ। त्यसका अनुसार, धेरै वर्षयता चीनको आर्थिक विकासको गति सधैँ नै आठ प्रतिशतभन्दा बढी पुगेको छ। तर यसपटक सन् 2012को वृद्धिदर 7.5 प्रतिशत मात्रै पुग्ने घोषणा गरिएको छ। युरोपको ऋण संकट अझै गहिरो भएको अवस्थामा चीनले आर्थिक विकासको गतिलाई घटाएको छ। त्यसबाट चीनले आर्थिक विकासको तरिका बदल्ने र आर्थिक विकासको गुणस्तर र प्रभावकारीतामा अझ ध्यान दिएको देखिन्छ।

           मध्यपूर्व क्षेत्रका मुख्य सञ्चारमाध्यम अर्थात इजिप्टको अल-अहराम र मध्य-पूर्व न्यूज एजेन्सीले पनि चीनका दुई अधिवेशनमा ध्यान दिएका छन्। उनीहरुले पश्चिम एशिया र उत्तर अफ्रिकाको राजनीतिक परिस्थिति अझै गम्भीर भएको र केही मुलुकसमक्ष सुधार र विकासको नयाँ चुनौति देखिएको अवस्थामा आर्थिक विकास र जनजीवनसम्बन्धी चीनको अनुभवबाट सिकेर आफ्नो संकट र दबावको समाधान गर्ने उपाय खोज्ने आशा लिएका छन्।

           केही दिनयता चीनका दुई अधिवेशनका समाचारले रुसी सञ्चारमाध्यमका पनि धेरै पृष्ठ ओगटेका छन्। इन्फर्मेशन टेलिग्राफिक एजेन्सी अफ रुस, इन्टर्फ्याक्स न्यूज एजेन्सी आदिले प्रधानमन्त्री वन च्या पाउको सरकारी कार्य प्रतिवेदन विशेष गरी त्यसमध्येका आर्थिक विकास लक्ष्य, मुद्रास्फितिको दिशा र घर बजारको विकासमा मुख्यतः ध्यान दिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह