फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सरकारी कार्य-प्रतिवेदनमा पी.एम. दुई दशमलब पाँच पहिलो पटक उल्लेख

(GMT+08:00) 2012-03-10 18:23:54

            हाल आयोजना भइरहेका चीनका दुई अधिवेशनले सारा चीन मात्र नभई विश्वको समेत नजर तानेको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएको सरकारी कार्य प्रतिवेदन त झन व्यापक चर्चित बनेको छ। सो प्रतिवेदनमा उल्लेख गरिएअनुसार चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादनको पूर्व निर्धारित वृद्धि लक्ष्य गतवर्षको आठ प्रतिशतबाट झरेर यस वर्ष सात दशमलब पाँच प्रतिशत राखिएको छ। साथै समाजले अति ध्यान दिएको "पी एम दुई दशमलब पाँच" भन्ने लवज पनि पहिलो पटक उक्त प्रतिवेदनमा देखापरेको छ। आर्थिक वृद्धिका लागि पर्यवारणीय वातावाण र जनताको स्वास्थ्यमा खेलबाड गर्ने काम चीनले कदापि पनि नगर्ने सरकारी प्रतिवेदनले बचन दिएको छ। यी कुराबाट अर्थतन्त्रलाई वातावरणसित समन्वय तुल्याउने, विकासको पद्धतिलाई बदलिदिने र तारतम्य मिलाउन प्रयास गर्ने तथा भरमग्दुरका साथ भविष्यलाई झन सुमधुर पार्ने चीन सरकारको दृढ संकल्प प्रष्ट्याइएको छ।

          सुधार र खुलापनको नीति लागु भएको तीस वर्षदेखि यता चीनको आर्थिक विकासमा संसारलाई लोभ्याउने उपलव्धि हासिल हुँदै आएको छ। सरदर प्रतिवर्ष दश प्रतिशतको वृद्धिगति विश्वव्यापी आर्थिक वृद्धिको महत्वपूर्ण चालक शक्ति बनेको छ। तर उच्च गतिले वृद्धि हुँदै आएको आर्थिक विकासले बढी स्रोत साधन, वातावरण र जनताको स्वास्थ्यमा उत्ताउलो गरी खर्च गरिएको छ।

          यसबाट उत्पन्न भएका अनेकन वातावरण समस्यामा वायु प्रदुषण हाल सर्वसाधारण चिनियाँ जनताको निकै चिन्ताको विषयहरुमध्येको एक बनेको छ। तिनीहरुले वायुमा उडिरहेका सूक्ष्म कणमा निकै ध्यान दिएका छन। "पी एम दुई दशमलब पाँच" भन्ने यस्ता निकै इलमी शव्द पनि नेटवर्कमार्फत सारा समाजमा फिंजिएको छ। यसवर्षको फेब्रुअरी महिनाको अन्तमा चिनियाँ राज्य परिषद्‍को अनुमोदन पाएर नयाँ संशोधित "वातावरण र वायुको गुणस्तरको मापदण्ड" मा "पी एम दुई दशमलब पाँच" भन्ने मापदण्ड सार्वजनिक गरिएको छ। त्यसको लगत्तैपछि यसलाई सरकारी कार्य प्रतिवेदनमा उतारिएको छ। यस विषयलाई लिएर जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य एवम् अखिल चीन वातावरण स्टेशनका अनुसन्धानकर्ता वन श्याङ छाइले भन्नुभयो-

           "हाम्रो राज्यले "पी एम दुई दशमलब पाँच" सार्वजनिक गरेको र राज्य परिषद्‍को स्थायी बैठकमा वातावरणको गुणस्तरको मापदण्डलाई पारित गरिने कुरा साँच्चिकै अभूतपूर्व छ। यो पहिलो पटक हो। राज्यले यसको जाँचबुझ गर्ने कुरालाई धेरै ध्यान दिएको त्यसैले यतिका आर्थिक लगानी लगाएको छ। यसबाट वायु प्रदुषणले गर्दा पर्न गएको असरलाई जरैदेखि उन्मूलन गर्ने हाम्रो मुलुकको दृढ संकल्प प्रमाणित भएको छ"।

           वास्तवमा "पी एम दुई दशमलब पाँच" भन्ने बुँदा सरकारी कार्य प्रदिवेदनमा उल्लेख गरिएको कुरा विगत केही वर्षदेखि चीनले वातावरण संरक्षणमा बढी जोड दिंदै आएको एक सार संक्षेप हो। चीन सरकारले धेरै प्रभावकारी कदम उठाउँदै आएको छ।

           वातावरण समस्या वास्तवमा जनजीवनको समस्या हो। एउटै लबजमा भन्ने हो भने यो बनौटको समस्या हो। विकासको असन्तुलन, असमन्वय र अनिरन्तरता जस्ता समस्याको समाधान गर्नका लागि मुख्यतः आर्थिक विकासको पद्धति बदलिनुपर्छ। राष्ट्रिय विकास र सुधार आयोगका प्रमुख चाङ फिङले जी डी पीको लक्ष्यलाई तल झारिदिने कुराबाट वातावरण प्रदुषण गर्न नदिने सरकारको संकल्प प्रदर्शित भएको ठहर लिनुभएको छ। उहाँ भन्नुहु्न्छ-

           "आर्थिक वृद्धिको गतिलाई उचित मात्रामा मन्द पारेर आपूर्ति र आवश्यकताबीचको अन्तर्विरोधलाई खुकुलो पार्न सकिनेछ । मूल्यवृद्धिबाट ल्याइने दवावलाई हलुका पार्न पनि सकिनेछ। यसका साथै आफ्नो ध्यानलाई आर्थिक विकासको पद्धतिलाई बदल्ने र आर्थिक विकासको गुणस्तर र फाइदा बढाउने दिशामा लगाउन सकिनेछ"।

           वास्तवमा जी डी पीलाई झारिने कुराबाट स्थानीय पदाधिकारीलाई जी डी पीको बढी वा घटी आफ्नो उपलव्धिको एकमात्र माध्यम नरहेको देखाइएको छ। "पी एम दुई दशमलब पाँच" चीनको आर्थिक विकासका क्रममा आइपरेको अस्थायी पीडा हो। एक ठूलो विकासोन्मुख राष्ट्रको नाताले चीन सरकारलाई यस्तो कठिनाइमाथि विजय पाइछाड्ने संकल्प र क्षमता छ। यो कुरा प्रधानमन्त्री वन च्या पाउले भन्नुभए झैं छ---

            "हामीले आफ्नो कार्यकलापमार्फत आर्थिक वृद्धिका लागि पर्यवारणीय वातावाण र जनताको स्वास्थ्यलाई बली चढाउने काम चीनले कदापि पनि नगर्ने र हामीले उत्पादनको विकास, सम्पन्न जीवन र उत्तम वातावरणयुक्त सभ्य विकासको बाटो पहिल्याउन सक्ने कुरा प्रमाणित गर्नेछौं"।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह