फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका नेतागण राष्ट्रिय जन काङ्ग्रेसको अधिवेशनका केही प्रतिनिधिमण्डलका लेखाजोखा बैठकमा उपस्थित

(GMT+08:00) 2012-03-10 19:44:05

            चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रका नेता ऊ पाङ को, वन च्या पाउ, लि ख छ्याङ, ह क्वो छ्याङले आज दश तारिख एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौँ अधिवेशनअन्तर्गत चि लिन, पल्लो शान सि, क्वी चौ र वल्लो शान सि प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा उपस्थित हुनुहुन्थ्यो।

             चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य एवम राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाङ क्वो जि लिन प्रान्त प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा उपस्थित हुनुहुन्थ्यो। श्री ऊले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समिति कार्यलाई दिएको समर्थन र पर्यवेक्षणका लागि सबैलाई धन्यवाद दिनुभयो। सहि राजनीतिक दिशा, चिनियाँ विशेषतायुक्त समाजवादी राजनीतिक विकास बाटो, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अडिग रहनुका साथै जन काङ्ग्रेस स्थायी समितिको मूल विशेषता लिएर जन काङ्ग्रेस समिति प्रणालीको सम्पूर्णता र विकासलाई अरु बढाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

           चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य एवम चीनका प्रधानमन्त्री वन च्या पाउले पल्लो शान सि प्रान्त प्रतिनिधमण्डलको लेखाजोखा बैठकमा उपस्थित हुनुहुन्थ्यो। पल्लो शान्सीमा वैज्ञानिक तथा प्राविधिक, शैक्षिक प्रणालीको सुधार गरी पल्लो शान सिलाई पश्चिमी चीनको सिर्जना गर्ने नयाँ विकास स्थान बनाउने कुरा व्यक्त गर्नुभयो।

           साथै लि ख छ्याङ क्वै चौ प्रान्त प्रतिनिधिमण्डलमा, ह क्वो छ्याङ वल्लो शान सि प्रान्तको प्रतिनिधिमण्डलमा उपस्थित हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह