फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले "सफा वायु सम्बन्धी राष्ट्रिय योजना" चाँडै तर्जुमा गर्ने

(GMT+08:00) 2012-03-10 19:07:56

            चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन अन्तर्गत जन स्रोत तथा वातावरण समितिका उप-प्रमुख वाङ यु छिङले हिजो अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर स्वदेशको परिस्थिति बमोजिम चीनको "सफा वायु सम्बन्धी राष्ट्रिय योजना" चाँडै तर्जुमा गर्न तथा सो लागू गर्न राय-सुझाव प्रस्तुत गर्नुभएको छ।

            श्री वाङ यु छिङले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको तेस्रो पूर्ण बैठकमा उक्त कुरा वताउनुभएको हो।

            सन् 2011मा विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विश्वका शहरहरुको वायु प्रदुषण सम्बन्धी प्रतिबेदनमा एकान्नब्बे मुलुकका एक हजार त्रियासी वटा शहर समावेश गरिएको छ। तीमध्ये चीनका अठाइस वटा सदरमूकाम नौ सयौंपछिको स्थानमा रहेर कतिपय विकासोन्मुख मुलुकहरुको पछाडी रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह