फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौं चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौं सम्मेलनको चौथो पूर्ण बैठक

(GMT+08:00) 2012-03-12 08:32:36

           एघारौं चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौं सम्मेलनको चौथो पूर्ण बैठक हिजो दिउँसो जन बृहत सभा भवनमा आयोजना भएको छ। उक्त बैठकमा सर्वोच्च जन अदालत तथा सर्वोच्च जन न्यायाधिवक्ता कार्यालयको कार्य-प्रतिवेदन सुनाइएको थियो।

           राष्ट्राध्यक्ष हु चिन थाउ, ऊ पाङ्ग को, वन च्या पाउ, च्या छिङ्ग लिन, लि छाङ्ग छुन, सि चिन फिङ्ग, लि ख छ्याङ्ग, ह को छ्याङ्ग तथा चौ योङ्ग खाङ्गले उक्त बैठकमा भाग लिनुभएको थियो।

          सर्वोच्च जन अदालतका प्रमुख वाङ्ग शङ्ग चुनले विगत वर्षको कार्यलाई समेटेपछि सन् 2012को कार्यबारे पनि जानकारी दिनुभएको थियो।

          सर्वोच्च जन न्यायाधिवक्ता कार्यालयका महान्यायाधिवक्ता छाउ च्येन मिङ्गले पनि विगत वर्षको कार्यबारे जानकारी दिँदै यस वर्ष पदीयदायित्व पूरा नगर्ने अपराधलाई महत्व दिँदै अभियोग गतिबिधिमाथिको कानूनी निगरानीमा अझ सुधार गर्ने कुरा व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह