फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बचत अनुपात समायोजनबाट मुद्रा नीति खुला वा कसिलो भएको प्रतिबिम्बित हुँदैन: चीनको केन्द्रिय बैङ्कका गभर्नर

(GMT+08:00) 2012-03-12 12:34:31

          चीनको केन्द्रिय बैङ्क अर्थात् चीनको जन बैङ्कका गभर्नर चौ स्याउ छ्वानले आज बचत अनुपात समायोजन गर्ने लक्ष्यमा बजार तरलताको समायोजन रहेको कुरा व्यक्त गरेका छन्। केही वर्षयता बचत अनुपातसम्बन्धी उपायको प्रयोग र विदेशी मुद्रा बचतको बृद्धि वा कम भएबाट उत्पादनलाई सिमित बनाउने विषयसँग मुख्य सम्बन्ध रहेको छ, त्यसैले अधिकाँश अवधिमा बचत अनुपातको संशोधनबाट मुद्रा नीति खुला वा कसिलो भएको कुरा प्रतिबिम्बित हुँदैन भन्ने कुरा पनि उनले बताएका छन्।

         आज एघारौँ चिनियाँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ महाधिवेशनको पत्रकार सम्मेलनमा उनले उक्त कुरा व्यक्त गरेको हो। उनले बचत अनुपातमा कम समायोजन गरी निकालेको रकमलाई राष्ट्रिय जन अर्थव्यवस्थाका विभिन्न क्षेत्रमा व्यापक प्रयोग गरिने कुरा व्यक्त गरेका छन्।

          साथै श्री चौ स्याउ छ्वानले बचत अनुपात उपायको प्रयोग गर्न या नगर्न बजार तरलता हुर्नुपर्छ, अनि उक्त तरलता अवस्था र विदेशी मुद्रा तथा अन्तर्राष्ट्रिय सन्तुलित भूक्तानी बीच सम्बन्ध रहेको कुरा उल्लेख गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह