फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशमा बसोबास गरिरहेका चिनियाँ नागरिक र कानूनी अधिकारयुक्त व्यक्तिको उचित हक अधिकारको संरक्षण गर्न चीनद्वारा जोड

(GMT+08:00) 2012-03-12 15:35:35

           चिनियाँ परराष्ट्र मन्त्रालयअन्तर्गत महावाणिज्य दूतावास मामिला सम्बन्धी उप परराष्ट्र मन्त्री शे हाँग शंगले चीनले सशक्त रुपमा विदेशमा बसोबास गरिरहेका चिनियाँ नागरिक र कानूनी अधिकारयुक्त व्यक्तिको उचित हक अधिकारको संरक्षण गर्ने र ती नागरिक र उद्योग व्यवसायलाई खतरा आउनसक्ने विचारधारा र आत्म रक्षाको क्षमतालाई बढाउन हौसला दिने कुरा व्यक्त गर्नुभएको छ। उहाँले हालै पत्रकारलाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।

           उप मन्त्री शेका अनुसार हाल विदेशमा सुरक्षातर्फको खतरा दिन पर दिन बढ्दै गएको छ। विदेशमा बसोबास गरिरहेका चिनियाँ नागरिक र उद्योग व्यवसायहरुका सामु देखा परेको सुरक्षा परिस्थिति झन गम्भीर हुँदै गइरहेको र विदेशमा अस्तित्वको वातावरण झन जटिल रहेको देखिन्छ। त्यसैले चीन सरकार र विदेशका लागि चिनियाँ राजदूताबास र महावाणिज्य दुताबासले तिनीहरुको सुरक्षा र उचित हक अधिकारको संरक्षण गर्न भएभरको प्रयास गर्नुका साथै त्यहाँका चिनियाँ नागरिक र उद्योग व्यवसायहरुले पनि आफूकहाँको सुरक्षा परिस्थितिमा झन घनिष्ठताका साथ नजर पुर्‍याउनुपर्छ र सुरक्षा सम्बन्धी कामलाई मजबुत पार्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह