फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिद्वारा आधारभूत क्षेत्रमा साँस्कृतिक निर्माणलाई अघि बढाउनुपर्ने ठहर

(GMT+08:00) 2012-03-12 18:39:36

           एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशनमा सहभागी हुनुभएका प्रतिनिधिहरुले आधारभूत क्षेत्रमा साँस्कृतिक निर्माणलाई अघि बढाउनुपर्ने, सर्वसाधारणलाई मन पर्ने रचनाहरु आधारभूत क्षेत्र तथा सर्वसाधारणमा प्रवेश गराउनुपर्ने ठहर गरेका छन्। आजको समाचार सन्दर्भमा यस विषय सम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

           चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि, ह नान प्रान्तको खाइ फङ चलचित्र देखाउने कम्पनीका मेनेजर को चेन ह्वाले वितेका अठतीस वर्षदेखि निरन्तर रुपमा ग्रामिण क्षेत्रमा किसानहरुका लागि चलचित्र देखाउँदै आउनुभएको छ। उहाँका अनुसार, राष्ट्रले आधारभूत क्षेत्रको साँस्कृतिक प्रबन्ध जोडतोडसँग निर्माण गर्ने क्रममा आधारभूत क्षेत्रमा चलचित्र देखाउने वातावरणमा ठूलो परिवर्तन आएको छ। उहाँ भन्नुहुन्छ,

          चलचित्रको रंग पहिलेको कालो तथा सेतो रंगबाट आजको रंगीचंगी रंगमा परिवर्तन भएको छ। चलचित्र देखाउने प्रबन्ध पहिलेको फिल्म देखाउने प्रबन्धबाट आजको डिजिटल चलचित्र देखाउने प्रबन्धसम्म परिवर्तन भएको छ। चलचित्र देखाउने ठाउँ पहिलेको खेतबाट आजको समस्त प्रान्तमा डिजिटल चलचित्र सिनेमा घरमा परिवर्तन भएको छ।

           श्री को चेन ह्वाका अनुसार, ग्रामिण क्षेत्रमा स्वागत पाउने चलचित्र भनेको वास्तविकता बमोजिम बनाइने कथा चलचित्र, मनोरञ्जन चलचित्र तथा कृषि सम्बन्धी बैज्ञानिक तथा शैक्षिक चलचित्र हो। उहाँले केही वर्षअघि देखाइएको एउटा चलचित्रले किसानहरुको आम्दानी बढाउन सहयोग पुर्‍याएको याद गर्नुभएको छ।

           चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि, हु पै प्रान्तको ओपेरा घरकी प्रथम श्रेणीकी अभिनेत्री लिउ तान लिले आधुनिक ओपेरा "हुङ हु छ वै दल"मा रोचक अभिनय गर्नुभएको कारण व्यापक प्रशंसा प्राप्त गर्नुका साथै दुइ पटक चिनियाँ ओपेराको अभिनय कल्लाको सर्वोच्च पुरस्कार- प्लम ब्लोजोम पुरस्कार जित्नुभयो। उहाँका अनुसार, खेतमा ओपेराको प्रदर्शन गर्दा दर्शक कम छ। तथापि ग्रामिण क्षेत्रको खेतमा थिएटरको निर्माण गरी अभिनय गर्दा हजारौं दर्शक आएकोमा उहाँलाई अचम्म लाग्यो। उहाँ भन्नुहुन्छ,

           हामी धेरै पटक बाहिर जानुपर्छ। हाम्रो उत्कृष्ठ कला तथा रोचक रचनाको निरन्तर रुपमा प्रचार-प्रसार गर्नुपर्छ। बाहिरका लागि हामीले धेरै पटक अभिनय गरेका होइन, बरु कम अभिनय गरेका छौं।

           चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि, चिनियाँ ओपेराकार सँघका उपाध्यक्ष, आन ह्वै प्रान्तको आन छिङ शहरको चाइ फन ह्वाङ मै कला घरका प्रमुख, राष्ट्रिय प्रथम श्रेणीकी अभिनेत्री हान चाइ फनले नीतिको सहयोगले परम्परागत ओपेरालाई सर्वसाधारणको मनमा पुर्‌याउने ठहर गर्नुभयो। उहाँ भन्नुहुन्छ,

           परम्परागत ओपेराको विंडो थाम्नु तथा त्यसको विकासप्रति हाम्रो ठूलो विश्वास छ। किनभने यो हाम्रो परम्परागत सँस्कृति हो। राष्ट्रको लगानीले बजारको विकासलाई अघि बढाउनेछ। जसबाट हामीले अझ बढी रुपमा आधारभूत क्षेत्रमा जाने तथा सर्वसाधारणमा आफ्नो कलाको अभिनय गर्न पाउने छौं।

           आधारभूत क्षेत्रमा सँस्कृति निर्माणबाट मुलुकलाई शक्तिशाली बनाइने चीनको आधारभूत परियोजना हुनुका साथै साँस्कृतिक नागरिक जीवनका लागि पनि एउटा महत्वपूर्ण परियोजना पनि हो। चीनका प्रधानमन्त्री वन् च्या पाउले हाल एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशनमा सरकारी कार्य प्रतिबेदन प्रस्तुत गर्दा ग्रामिण तथा मध्य-पश्चिमी भागलाई महत्व दिएर आधारभूत क्षेत्रको साँस्कृतिक प्रबन्धको निर्माणलाई सबल पार्ने कुरा व्यक्त गर्नुभयो। चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि, स छ्वान प्रान्तको साँस्कृतिक विभागका प्रमुख चङ श्याउ सिङले यसबारे चर्चा गर्दै भन्नुभयो, चिनियाँ सँस्कृतिको विकासका लागि ग्रामिण क्षेत्र अरु क्षेत्र भन्दा पिछडिएको देखिन्छ। त्यसैले साँस्कृतिक कार्यको महत्वपूर्ण विन्दु ग्रामिण क्षेत्रमा राख्नुपर्छ। सर्वसाधारणलाई अरु बढी साँस्कृतिक लाभ तथा साँस्कृतिक कल्याण दिनुपर्छ। उहाँका अनुसार, यताका केही वर्षदेखि स छ्वान प्रान्तले आधारभूत क्षेत्रमा साँस्कृतिक प्रबन्धको निर्माणलाई सबल पारेको छ। उहाँ भन्नुहुन्छ,

           स छ्वान प्रान्तलाई एउटा उदाहरणका लागि, चालू वर्षमा नागरिक जीवन सम्बन्धी दश वटा महत्वपूर्ण कार्यमध्ये नौ वटा कार्यमा आधारभूत क्षेत्रमा सँस्कृति निर्माणलाई राखिएको छ। चालू वर्षमा स छ्वान प्रान्तले नियमित बजेट बाहेक सार्वजनिक साँस्कृतिक प्रबन्धको निर्माणका लागि दुइ अर्ब चिनियाँ युआन लगाउनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह