फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं अधिवेशनको पाँचौं वार्षिक बैठक सम्पन्न

(GMT+08:00) 2012-03-13 10:56:39

           चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्श दात्री सम्मेलनको एघारौं अधिवेशनको पाँचौं वार्षिक बैठक आज बिहान पैचिङ्गमा सम्पन्न भएको छ। राष्ट्राध्यक्ष हु चिन थाउ, ऊ पाङ्ग को, वन च्या पाउ, च्या छिङ्ग लिन, लि छाङ्ग छुन, सि चिन फिङ्ग, लि ख छ्याङ्ग, ह को छ्याङ्ग, चौ योङ्ग खाङ्ग आदि चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रिय नेतागणले उक्त समापन समारोहमा भाग लिनुभएको छ।

           चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्श दात्री सम्मेलनका अध्यक्ष च्या छिङ्ग लिनले उक्त बैठकको अध्यक्षता गर्नुभयो। अध्यक्ष च्याले बोल्दै बैठकको अवधिमा प्रतिनिधिहरूले सरकारी कार्य-प्रतिवेदनबारे गहन रुपमा छलफल गरेर समष्टिगत सामञ्जस्यता, आर्थिक विकसित तरिकाको परिवर्तन, नागरिक जीवनको प्रत्याभूति र सुधार आदि विषयबारे सल्लाह तथा सुझाव दिएको कुरा व्यक्त गर्नुभएको छ।

          समापन समारोहमा भाग लिएका चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनका 2 हजार 1 सय 21 जना प्रतिनिधिहरूले चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्श दात्री सम्मेलन राष्ट्रिय समितिको कार्य-प्रतिवेदन, सुझाव-मसौदाको लेखाजोखा प्रतिवेदन र उक्त बैठकको राजनैतिक निर्णय-प्रस्ताव पारित गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह