फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको गृहमन्त्रालयले चीन बिरोधी गतिविधिलाई नियन्त्रण गर्नका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ

(GMT+08:00) 2012-03-13 18:43:45

           सन् 1959 को मार्च 28 तारिखमा चीनको स्वायत्त प्रदेश तिब्बतमा शान्तिपूर्ण रुपमा प्रजातान्त्रिक सुधार भएको हो । तिब्बती नागरिकहरुले दासताबाट मुक्त भएको त्यो उत्सवलाई हरेक वर्ष हष्रोल्लासका साथ मनाउने गर्छन् । चीन र चीनको तिब्बतको प्रगति देख्न नचाहने शक्ति र केही व्यक्तिहरु भने कथित स्वतन्त्र तिब्बतका नाममा चीन बिरोधी क्रियाकलापमा लागिरहेका छन् ।

           नेपालको भूमिलाई पनि केही व्यक्तिहरुले चीन बिरोधी गतिविधिमा प्रयोग गर्ने गरेका छन् । नेपाल र छेमेकी मित्रराष्ट्र चीन बीचको मैत्री सम्बन्धमा खलल पुग्ने खालका गतिविधिमा लाग्ने व्यक्ति तथा गुटको पहिचान गरी तिनीहरुलाई कारवाही गर्नका लागि गृहमन्त्रालय तत्पर रहेको गृहमन्त्रालयका एक अधिकारीले सी.आर.आई.लाई बताएका छन् । विशेष गरी मार्च महिनामा नेपालको भूमि चीन बिरोधी गतिविधिमा लाग्नेहरुले प्रयोग गर्ने गरेको गृह मन्त्रालयले जनाउँदै मार्च महिनामा सुरक्षा व्यवस्थालाई तुलनात्मक कडा बनाइने गरेको पनि गृह मन्त्रालयले जनाएको छ ।

           काठमाडौँ उपत्यकाका विभिन्न भागहरुमा कथित तिब्बती शरणार्थीको बसोबास भएको र चीन बिरोधी गतिविधि हुन सक्ने ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको मन्त्रालयले जनाएको छ । नेपालको छिमेकी मित्रराष्ट्र विरुद्ध कुनै पनि नाराजुलुस गर्न नपाएने तथा भाषण गर्न नपाइने हुनाले त्यस्ता गतिविधिमा उत्रिने व्यक्तिहरुलाई प्रहरी नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही गरिने पनि गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह