फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा गरिबी निवारण कार्य जोडतोडसँग गरिएको

(GMT+08:00) 2012-03-13 18:43:18

           सन् 2011को अन्त्यमा चीनको केन्द्रीय सरकारको गरिबी निवारण विषयक कार्य सम्मेलनमा चीनमा गरिबीको मापदण्ड सन् 2010को प्रति किसानको औसत आम्दानी एक हजार दुई सय चौहत्तर चिनियाँ युआनबाट बढाएर दुई हजार तीन सय चिनियाँ युआन पुर्‍याउने निर्णय गरिएको छ। यस नयाँ मापदण्डको तर्जुमा गरिएको कुराले चीनमा गरिबी निवारण कार्य एउटा नयाँ अवधिमा प्रवेश भइसकेको द्योतक बन्नुका साथै चीनले जोडतोडसँग गरिबी निवारण गर्ने तथा विश्वको गरिबी निवारण कार्यलाई अघि बढाउने कुरा प्रतिबिम्बित गरेको छ। चीनको राज्य परिषद्को गरिबी निवारण कार्यालयका प्रमुख फान श्याउ चेनले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै चीन सरकारले आगामी चरणमा जोडतोडसँग गरिबी निवारण गर्ने तथा विश्वमा गरिबी निवारणको विकासलाई सक्रियताका साथ अघि बढाउने कुरा व्यक्त गर्नुभएको छ। आजको सन्दर्भमा यस विषय सम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

           सन् 1978 मा चीनमा विपन्नहरूको जनसङ्ख्या पच्चीस करोड थियो। धेरै वर्षसम्मको प्रयासपछि सन् 2010को अन्त्यसम्ममा गरिबीको मापदण्ड प्रति किसानको औसत आम्दानी एक हजार दुई सय चौहत्तर चिनियाँ युआनबाट हेर्दा चीनको विपन्न जनसङ्ख्या दुई करोड अठ्सट्ठी लाख असी हजार पुगेको थियो। जसले सँयुक्त राष्ट्र संघको सहस्राव्दी विकास लक्ष्यमा विपन्न जनसङ्ख्या पचास प्रतिशतबाट घटाउने लक्ष्यलाई सकार तुल्याएको थियो। सन् 2011को अन्त्यमा चीनको केन्द्रीय सरकारले उक्त मापदण्ड परिवर्तन गरी प्रति किसानको औसत आम्दानी दुई हजार तीन सय चिनियाँ युआनसम्म पुर्‍याउने निर्णय गरेको थियो। यस नयाँ मापदण्डको तर्जुमा गरिएको कुराबाट समस्त चीनमा गरिबीमा परेकाहरुको जनसङ्ख्या सन् 2010को दुई करोड अठ्सट्ठी लाख असी हजारबाट बढेर बाह्र करोड असी लाख पुगेको छ। चीनको राज्य परिषद्को गरिबी निवारण कार्यालयका प्रमुख फान श्याउ चेनले यसबारे चर्चा गर्दै जसले चीनमा खाने लाउने समस्याको समाधान भइसकेको र चीनको गरिबी निवारण कार्य एउटा नयाँ अवधिमा प्रवेश भइसकेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

           यस मापदण्ड उकासिएको कुराबाट हाम्रो गरिबी निवारण कार्य एउटा नयाँ अवधिमा प्रवेश भइसकेको अर्थ बुझिएको छ। हामीले किसानहरुको बाँच्ने तथा खाने लाउने समस्याको आधारभूत रुपमा समाधान गरिसकेका छौं। यस्तो आधारमा हामीले गरीबीको मापदण्डलाई ठूलो मात्रामा बढाएका छौं। सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने जिम्मेवारीबमोजिम् हामीले नयाँ समस्याको समाधान गर्नेछौं।

           श्री फान श्याउ चेनका अनुसार, अन्तर्राष्ट्रिय खरिद क्षमताको मूल्याङ्कन गर्ने उपायबाट हिसाब गर्दा चीनको गरीबीको नयाँ मापदण्ड प्रति व्यक्तिको हरेक दिनको औसत आम्दानी एक दशमलब आठ अमेरिकी डलर बराबर छ। यो विश्व बैंकले सन् 2008मा तर्जुमा गरेको प्रति व्यक्तिको हरेक दिनको औसत आम्दानी एक दशमलब दुई पाँच अमेरिकी डलरभन्दा बढी हो। जसले चीन सरकारले विपन्न क्षेत्र तथा विपन्न जनतालाई अरु ठूलो सहायता पुर्‍याउने प्रतिबिम्बित गरेको छ।

           चीनका प्रधानमन्त्री वन च्या पाउले चालुवर्षको "सरकारी कार्य प्रतिबेदन"मा भावी दश वर्षसम्म ग्रामीण क्षेत्रमा गरिबी निवारणसम्बन्धी कार्यक्रम लागु गर्नका लागि राष्ट्रको गरिबी निवारणसम्बन्धी नयाँ मापदण्डबमोजिम गरिबी निवारण कार्य चौतर्फी रुपमा राम्रोसँग गर्नुपर्ने कुरामा जोड दिनुभयो।

           यसबारे चर्चा गर्दै श्री फान श्याउ चेनले भन्नुभयो, आगामी दश वर्षभित्र चीनले जोडिएको अति विपन्न क्षेत्रलाई महत्व दिएर गरिबीमा परेकाहरुको खाने लाउने समस्याको स्थिरताका साथ समाधान गर्नेछ। उहाँ भन्नुहुन्छ,

            हामीले अहिले जोडिएको अति विपन्न क्षेत्रमा गरिबी निवरणसम्बन्धी परिकल्पनाको अनुसन्धान गरिरहेका छौं। जसका लागि अरु बढी लगानी गरिनेछ।

            सँयुक्त राष्ट्र संघ तथा विश्व बैंकको प्रतिवेदनअनुसार, तीस वर्षदेखि समस्त मानव जातिमा गरिबी निवारण कार्यमा प्राप्त भएको उपलव्धिहरुमध्ये चीन दुई तिहाइ भाग रहेको छ। गरिबीको नयाँ मापदण्डले चीन सरकारको अनुशासनबारे नयाँ विचार देखाएको छ।

            श्री फान श्याउ चेनले आगामी दश वर्षभित्र चीनको ग्रामीण क्षेत्रमा गरिबी निवारण कार्यप्रति पूर्ण विश्वास लिँदै भन्नुभयो,

            चीनको गरिबी निवारण कार्यले विश्वको गरिबी निवारण कार्यका लागि यथोचित योगदान पुर्‍याएको छ। हामीले अथक प्रयास गर्नेछौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह