फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानस्थित अमेरिकी सेनाभित्र समस्या देखिएको

(GMT+08:00) 2012-03-14 16:28:41

          चिनियाँ मुख्य अखवार "ग्लोबल टाइम्स"ले 13तारिख "अफ्गानिस्तानस्थित अमेरिकी सेनाभित्र समस्या देखिएको" नामक टिप्पणी प्रकाशित गरेको छ। उक्त लेखअनुसार, अमेरिकी सेना इस्लामिक क्षेत्रमा प्रवेश गर्दा सुरुमा धेरै सजिलो मान्छन्। किनभने यिनीहरूका शत्रु धेरै कमजोर छन्। तर त्यसपछि लामो सम्यसम्मको तैनाथी निकै गाह्रो हुन्छ। अफ्गानिस्तान अनि इराकमा पनि, अमेरिकी सेनाले स्थानीय सर्वसाधारण र सञ्चार माध्यमको त्यति धेरै समर्थन पाएका छैनन्।

          अमेरिकी सेना किन अफ्गानिस्तान र इराक गएका त भन्ने आधारभूत विषय स्पष्ट छैन। अमेरिकी सेनाको व्याख्या र वास्तविकता निकै फरक छन्। सुरुमा आफ्नो फाइदाका लागि रहेको भन्ने सन्देह गरिएको छ साथै त्यसपछि यिनीहरु छोड्नै नसक्नेजस्तै देखिन्छन्। मध्य-पूर्व क्षेत्रको परिवर्तन, स्रोत-साधनसम्बन्धी अमेरिकाको फाइदाको सुरक्षा आदि अमेरिकीहरुको मनमा नजर पुर्‍याएका लक्ष्य सार्वजनिक रुपमा देखाउन सकिँदैन। त्यसैले आतंकवादको विरोधको प्रयोग मात्र गर्नुपर्छ। तर मारिएका आतंकवादी तत्वको तुलनामा अफ्गानिस्तान र इराकमा अमेरिकाले मार्ने सर्वसाधारणको संख्या अझ बढी छ।

          स्पष्ट राजनैतिक लक्ष्य नभएको हुनाले अमेरिकी सेना र स्थानीय इस्लामिक समाजबीच कलहको बिउ जताततै हुनुका साथै एउटै झिल्कोबाट आगो सल्किने अवस्था देखिएको छ। इस्लामिक सँस्कृतिप्रति अमेरिकी सेना र अमेरिकी समाजको सदिच्छापूर्ण सम्मान धेरै कम छ। अमेरिकी सेनाले युद्ध क्षेत्रमा रहेका सर्वसाधारणप्रति निकै पक्षपातपूर्ण व्यवहार गरेका छन्।

          त्यसैले शक्तिशाली अमेरिकाले संयम कायम राख्नुका साथै शक्तिशाली अमेरिकी सेनाले पनि संयम कायम राख्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह