फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनकांग्रेसको 11 औं राष्ट्रिय समितिको पाँचौं अधिवेशन पैचिङमा सम्पन्न

(GMT+08:00) 2012-03-14 14:55:40

           चिनियाँ जनकांग्रेसको 11 औं राष्ट्रिय समितिको पाँचौं अधिवेशन आज 14 तारिखका दिन पैचिङमा सम्पन्न भएको छ । समापन समारोहमा राष्ट्रपति हु चिन थाउ, चिनियाँ जनकाङ्ग्रेसका स्थायी समितिका अध्यक्ष उ पाङ को, प्रधानमन्त्री वन च्या पाउ, चिनियाँ राज्य परामर्शदात्री सम्मेलनका अध्यक्ष च्या छिङ लिन, चिनियाँ राजनैतिक ब्यूरोका स्थायी सदस्य लि छाङ छ्वुन लगायत सि चिन भिङ, लि ख छ्याङ, ह को छ्याङ र चौ यौङ खाङ आदि चिनियाँ कम्युनिष्ट पार्टीका नेता गणको उपस्थिति रहेको थियो ।

          सम्मेलनमा सरकारी कार्य प्रतिवेदनसँग जोडिएका गतवर्ष र चालू वर्षका कार्ययोजनाको समीक्षा भएको थियो । सन् 2011 मा राष्ट्रिय अर्थतन्त्र र समाज विकास योजना लागू हुँदाको उपलब्धी तथा केन्द्रीय सरकार र विभिन्न क्षेत्रमा सरकारी बजेटलाई लागू गरिएको परिस्थितिकाबारेमा छलफल भएको थियो । यस्तै सन् 2012 मा राष्ट्रिय अर्थतन्त्र र समाज विकास योजनासँग सम्बन्धित निर्णय र केन्द्रीय सरकार तथा विभिन्न क्षेत्रको बजेटसँग सम्बन्धित निर्णय, चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनसँग सम्बन्धित निर्णय, सर्वोच्च जनअदालतको कार्य प्रतिवेदनसँग सम्बन्धित तथा सर्वोच्च जनमहान्यायाधिवक्ताको कार्य प्रतिवेदनसँग सम्बन्धित निर्णयहरु पनि पारित गरिएको छ।

          चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले अधिवेशनलाई सम्बोधन गर्दै चालू वर्षमा चिनियाँ राष्ट्रिय जन-कांग्रेसको कार्यावधिको अन्त्य वर्ष भएकाले वितेको चार वर्षदेखिको कार्यप्रगतिको समीक्षा गरिएको बताउनुभयो । चिनियाँ राष्ट्रिय जन-कांग्रेस र चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिले सकारात्मक रुपमा कामहरु सम्पन्न गर्दै, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महत्वपूर्ण निर्णय-पत्रलाई व्यवहारमा उतार्दै अघि बढेको जानकारी गराउँदै उ पाङ् कोले सम्पन्न समाजको सर्वतोमुखी विकास गर्न र द्रूत गतिले समाजवादी आधुनिकीकरणलाई घच्घच्याउनका लागि महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह