फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री वन च्या पाउद्बारा चीनले राजनीतिक परिपाटी अझ खास गरी पार्टी र राज्यका नेतागण सम्बन्धीत परिपाटीमा सुधार गर्नुपर्ने विचार व्यक्त

(GMT+08:00) 2012-03-14 14:06:38

             चीनका प्रधानमन्त्री वन च्या पाउले चीनमा आर्थिक विकासका साथसाथै असमान वितरण, विश्वासको अभाव तथा हिनामिना र भ्रष्टाचार जस्ता समस्या देखा परेको छ भन्दै ती समस्याको समाधान गर्नका लागि चीनले आर्थिक परिपाटीको सुधार गर्नुका साथै राजनीतिक परिपाटी अझ खास गरी पार्टी र राज्यका नेतागण सम्बन्धी परिपाटीको सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ। उहाँले चौध तारिख पैचिंगमा जन काँग्रेसको एघारौं राष्ट्रिय समितिको पाँचौं अधिवेशनपछि आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

             प्रधानमन्त्री वन च्या पाउले भन्नुभयो- हाल चीनको सुधार कार्य किल्लामाथि कब्जा जमाउने जस्तो चरणमा पुगिसकेको छ। सफल राजनीतिक परिपाटीविना आर्थिक परिपाटीको सुधारमा चाहिने जस्तो सफलता प्राप्त हुन सक्दैन, साथै प्राप्त भएको उपलव्धि पनि गुम्न सक्नेछ र साँस्कृतिक क्रान्ति जस्तो ऐतिहासिक दुखान्त घटना पुनः उत्पन्न हुन सक्नेछ र एक अरब तीस करोड जन संख्या भएको ठूलो मुलुक चीनमा क्रमशः समाजवादी जनवादी राजनीतिको स्थापना गर्नु कदापि पनि सजिलो कामकुरा होइन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह