फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा तिब्बती भिक्षु- भिक्षुनीले आत्मबलिदान जस्तो चरम कारवाई गरी सामाजिक मेलमिलापमा हस्तक्षेप गरेकोमा विरोध: चीनका प्रधानमन्त्री

(GMT+08:00) 2012-03-14 15:27:10

           चीनका प्रधानमन्त्री वन च्या पाउले आज एघारौँ राष्ट्रिय जन-काँग्रेसको पाँचौँ महाधिवेशनको पत्रकार सम्मेलनमा बोल्दै तिब्बती क्षेत्रका भिक्षु- भिक्षुनीले आत्मबलिदानको चरम कारवाई गरी सामाजिक मेलमिलापमा हस्तक्षेप र हानि गर्न चाहेको कुराको चीनले अस्वीकार गरेको बताउनुभको छ।

           श्री वन च्या पाउले स्पष्ट रुपमा तिब्बत र स छ्वान प्रान्तको तिब्बती क्षेत्र चीन भूमिको अविच्छिन्न भूभाग रहेको कुरामा जोड दिनुभयो। भारतको धर्मशालामा स्थापित तथाकथित "निर्वासन तिब्बती सरकार"को लक्ष्य तिब्बत तथा तिब्बती क्षेत्रलाई मातृभूमिबाट भगाउने रहेको र उक्त समस्याबारे चीनको अडान र सिद्धान्त कडा हुने पनि उहाँले बताउनुभयो।

          चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले तिब्बतको छिटो विकास गर्ने नयाँ योजनाको तर्जुमा र व्यवहारमा उत्तार्नेलगायत सक्रिय कदम चालेको कुरा जानकारी दिनुभयो। कृषक तथा पशुपालकको जीवनलाई बढाउनु नै उक्त नीतिको मुख्य लक्ष्य रहेको कुरा पनि उहाँले बताउनुभयो। साथै उहाँले तिब्बतको पर्यावरण र साँस्कृतिक परम्पराको संरक्षण गरी तिब्बतको अर्थतन्त्रको विकास हुनुपर्ने पनि उल्लेख गर्नुभयो।

           हामीले तिब्बतीहरुको धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्छौँ, उहाँहरुको धर्ममा कानूनी संरक्षण रहेको छ साथै हामीले तिब्बतीहरुलाई पनि समान र सम्मान दिन्छौँ उहाँको भनाइ रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह