फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले सुधारलाई दृढताका साथ अघि बढाउने

(GMT+08:00) 2012-03-14 18:39:45

             चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक अधिवेशन आज पैचिङमा सम्पन्न भएको छ। त्यसपछि चीनका प्रधानमन्त्री वन च्या पाउले चीन र विदेशका पत्रकारसँग अन्तर्वार्ता दिनुभयो। तीन घण्टासम्म चलेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले चीन र विदेशका चौध जना पत्रकारद्वारा सोधिएका प्रश्नहरुको जवाफ निष्ठापूर्वक दिनुभयो। तीमध्ये चीनले आर्थिक वृद्धि गति घटाएको, राजनीतिक व्यवस्थामा सुधार गर्ने, आम्दानीबीचको ठूलो फरकलाई कसरी न्यून पार्नेलगायत चीनका सुधार तथा विकाससम्बन्धी धेरै प्रश्नहरु समावेश गरिएको छ। प्रधानमन्त्री वन च्या पाउले चीनको सुधारले कठिनाइको सामना गर्ने अवधिमा प्रवेश गरिसकेको छ भन्दै सुधार अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो। आजको सन्दर्भमा यस विषयसम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

            सन् 1991देखि चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसका प्रवक्ताको निम्तोमा चीनका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक अधिवेशनको समापनपछि चीन र विदेशका पत्रकारहरुका लागि पत्रकार सम्मेलनको आयोजना गर्दै आउनुभएको छ। यो बाहिरी क्षेत्रले चीन सरकारको गृह तथा कूटनीति कहाँ जाने भन्ने अनुसन्धान गर्ने एउटा महत्वपूर्ण झ्याल बनेको छ। चालुवर्ष चीन सरकारको कार्य प्रतिबेदनमा चालुवर्षको चीनको आर्थिक वृद्धिदर सात दशमलब पाँच प्रतिशत हुने लक्ष्य राखिएको छ। जुन विगत धेरै वर्षदेखि भएको आठ प्रतिशतभन्दा कम छ। चीनले आर्थिक वृद्धि गतिलाई घटाएको कुरालाई विदेशद्वारा उच्च ध्यान दिइएको छ। यसबाट चीनको आर्थिक वृद्धि गतिशील वृद्धिको युगबाट विदा माग्ने अर्थ बुझिएको छ कि? यसबारे चर्चा गर्दै चीनका प्रधानमन्त्री वन च्या पाउले आर्थिक वृद्धिलाई वैज्ञानिक तथा प्राविधिक विकास तथा श्रम शक्तिको गुणस्तरलाई माथि उकास्नेसम्ममा परिवर्तन गर्नुपर्ने र उच्च गुणस्तरको वृद्धिलाई साँचो रुपमा साकार तुल्याउनुपर्ने कुरा व्यक्त गर्नुभयो। चीनको कूल आर्थिक परिमाण चार सय सत्तरी खर्ब चिनियाँ युआनको पृष्ठभूमिमा यस्तो परिवर्तनको अन्तिम लक्ष्य भनेको चिनियाँ सर्वसाधारण चीनको आर्थिक विकासबाट लाभान्वित हुनु हो। उहाँ भन्नुहुन्छ,

            चीनको अर्थतन्त्रले असन्तुलन, असमन्वय तथा अनिरन्तरतालगायत समस्याको समाधान गरी गुणस्तरलाई महत्व दिने विकासको बाटोमा लाग्नु जरैदेखि विश्वको आर्थिक विकासका लागि उपयोगी हुनेछ।

            चालुवर्ष यस पुस्ताको सरकारले शासन गर्ने अन्तिम वर्ष हो। चौध तारिख आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले सरकारको अधिकार जनताबाट आएको कुरामा धेरै पटक जोड दिनुभयो। आर्थिक विकास तथा सुधार प्रक्रियामा चिनियाँ समाजको सामु आम्दानीको अनिष्पक्षता, बफादारिताको अभाव, भ्रष्टाचारलगायत वास्तविक समस्या देखापरेको कुरा पनि उहाँले स्वीकार्नुभयो। ती समस्याको समाधान गर्नका लागि आर्थिक व्यवस्थाको सुधार गर्नु मात्र नभई राजनीतिक व्यवस्थामा सुधार गर्नुपर्ने, विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रको नेतृत्वदायी व्यवस्थामा सुधार गर्ने आवश्यकता रहेको कुरा उहाँले बताउनुभयो। चीनको राजनीतिक व्यवस्थाको सुधार चीनको राष्ट्रिय परिस्थितिबाट सुरु गर्नुपर्ने कुरामा प्रधानमन्त्री वन च्या पाउ जोड दिँदै भन्नुहुन्छ,

            सुधारको कठिनाइ मैले राम्रोसँग बुझेको छु। एक अर्ब तीस करोड जनसंख्या भएको चीनमा त्यसको राष्ट्रिय परिस्थितिबाट समाजवादी प्रजातान्त्रिक राजनीतिको क्रमश:निर्माण गर्नुपर्छ। यो एउटा सरल कुरा होइन। तथापि सुधारलाई अघि बढाउनै पर्छ। पछि हट्नुहुँदैन।

            आन्तरिक मामिलाबाहेक, चीनको कूटनीति पनि हरेक वर्ष आयोजित नियमिति पत्रकार सम्मेलनमा सहभागी भएका चीन र विदेशका सञ्चार माध्यमले ध्यान दिएको चर्चित विषय हो। कतारको अल जजिरा टेलिभिजनका पत्रकारद्वारा सोधिएको "सिरिया समस्याको समाधान गर्न चीनको अडान"प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वन च्या पाउले सिरिया समसयामा चीन सरकारले आफ्नो उचित अडान लिने कुरा बताउनुभयो। उहाँले भन्नुभयो,

             बासिन्दाहरुको सुरक्षामा प्रत्याभूति दिनुपर्छ। सिरियाका विभिन्न पक्षले निर्दोष बासिन्दाहरुलाई मार्ने गतिबिधि तुरुन्तै रोक्नुपर्छ। सुधार गर्ने तथा आफ्नो हक-हितको संरक्षण गर्ने सिरियाली जनताको चाहनाको सम्मान चीनले गरेको छ। सिरियाका जनता पीडित मानवतावादी प्रकोपप्रति हामीले सहानुभूति दिएका छौं। हामीले अन्तर्राष्ट्रिय मानवतावादी सहायता निरन्तर रुपमा गर्नेछौं। चीनले आफ्नो तरिकामार्फत सिरियाका सम्बन्धित पक्षसँग काम गर्न तथा राजनीतिक वार्ता गर्न प्रयास गरिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह