फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा चीन बिरोधी गतिविधिमा लागेका झण्डै सयजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ

(GMT+08:00) 2012-03-15 18:47:56

             नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग हुन सक्ने संभावना देखेर सरकारले सुरक्षा व्यवस्था कडा बनाएको भनिए लगत्तै चीन बिरोधी गतिविधिमा लागेका झण्डै एक सय व्यक्तिहरु पक्राउ परेका छन् ।

             काठमाडौँका विभिन्न भागबाट चीन बिरोधी सभा, जुलुस र नाराबाजी गर्न खोज्ने 94 जना व्यक्तिहरु पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । नेपालको भूमि प्रयोग गरेर कुनै पनि छिमेकी मित्रराष्ट्र विरुद्धमा कुनै कार्यक्रम गर्न नपाइने भएकाले उनीहरु पक्राउ परेका हुन् ।

            महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले सी.आर.आई.लाई बताउनु भए अनुसार राजधानीको बौद्ध, चावहिल, स्वयंभू, जावलाखेल र चिनियाँ दूताबासको भिसा कार्यालय अगाडि कलमपोखरीबाट 94 जना व्यक्तिलाई पक्रिएको बताउनुभयो । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा कथित तिब्बती शरणार्थीहरु रहेका छन् । उनीहरुले ती ठाउँहरुमा भेला भएर नेपालको छिमेकी मित्रराष्ट्र चीनका बिरुद्धमा नाराजुलुस गर्ने गरेकाले पक्राउ गरिएको उहाँले बताउनुभयो ।

            मार्च महिनामा चीनको स्वायत्त प्रदेश तिब्बतमा शान्तिपूर्ण तरिकाले प्रजातान्त्रिक सुधार भएको अवसर पर्ने भएकाले वाषिकोत्सव मनाइने गरिन्छ । त्यही अवसरमा नेपाल र चीनबीचको मैत्री सम्बन्धमा बाधा पुर्याउने देशी विदेशी तत्वहरुले बिरोध गर्न सक्ने सूचना पाएपछि गृहमन्त्रालयले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह