फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विदेशलाई सक्रियताका साथ सहायता पुर्‍याइएको

(GMT+08:00) 2012-03-16 18:47:29

           चीनका "दुई अधिवेशन"भर्खरै सम्पन्न भएका छन्। झन् झन् बढी मुलुकहरुले चीनको आर्थिक विकासमाथि नजर पुर्‍याउँदा चीनले विपन्न अवस्थामा रहेका अरु विकासोन्मुख मुलुकहरुलाई सहायता उपलव्ध गराउने कार्यलाई महत्व दिँदै आएको छ। बितेका धेरै वर्षदेखि आर्थिक विकासको आधारमा चीनले विदेशलाई अरु बढी सहायता पुर्‍याएर विश्वका विकासोन्मुख मुलुकहरुको सँयुक्त विकासलाई निरन्तर रुपमा अघि बढाउँदै आएको छ। आजको सन्दर्भमा यसैसम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

           सन् 1949 देखि 2009सम्मको साठी वर्षको अवधिमा चीनले विदेशका लागि कूल दुई खर्ब पचास अर्ब चिनियाँ युआन सहायता रकम उपलव्ध गराएको छ। तीमध्ये अनुदानका रुपमा विदेशलाई उपलव्ध गराएको सहायता रकम एक खर्ब छ अर्ब बीस करोड चिनियाँ युआन पुगेको छ। तथापि विपन्न जनसंख्या दश करोडभन्दा बढी भएको मुलुकको रुपमा चीनले स्वदेशको विकासको ठूलो दबाबमा विदेशलाई सहायता गरेको हो। तथापि यसबारे चर्चा गर्दै चिनियाँ वाणिज्य मन्त्री छन् त मिङले अहिले चीन विश्वको दोस्रो ठूलो आर्थिक मुलुक बनेको कुरा अन्तर्राष्ट्रिय समाजको सहयोगसँग सम्बन्धित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, बितेका तीस वर्षदेखि अन्तर्राष्ट्रिय समाजद्वारा अनुदानको रुपमा चीनलाई सात अर्ब अमेरिकी डलर प्रदान गरिएको छ। एउटा सभ्य मुलुकको रुपमा चीनले अन्तर्राष्ट्रिय समाजलाई पनि योगदान पुर्‍याउनुपर्छ।

            विदेशलाई सहायता गर्ने चीनको कुरा विकासोन्मुख मुलुकहरुको हरेक ठाउँमा फैलिएको छ। उदाहरणका लागि अफ्रिकामा राजमार्ग तथा रेलमार्गको निर्माण, बंगलादेशमा पुलको निर्माण आदि। यो सबै कुरा जन गणतन्त्र चीनको स्थापना भएदेखि सुरु भएको हो। स्वदेशको विकासका लागि सबैभन्दा कठिन अवधिमा पनि चीनले यस्तो गतिबिधि रोकेको थिएन।

            चिनियाँ अन्तर्राष्ट्रिय अर्थतन्त्र आदान-प्रदान केन्द्रका सचिव वै चेन कोले चिनियाँ वाणिज्य मन्त्रालयमा काम गर्दा अफ्रिकासम्बन्धी कार्य बीस वर्षसम्म गर्नुभएको थियो। अफ्रिकालाई चीनको सघाउबारे चर्चा गर्दै उहाँले अफ्रिकाको विकासका लागि चिनियाँ जनताले रगत-पसिना बगाएको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

            तान्जानियामा हामीले निर्माण गरेको रेलमार्गको कूल लम्बाई अठार हजार किलोमिटर थियो। जाम्बियाको राजधानी लुसाकादेखि तान्जानियाको राजधानी लारेस सालामसम्म बीचको कूल पचहत्तरवटा पुल, दुई सय वटा भन्दा बढी गुफा तथा एउटा ठूलो जंगल थियो। हामीले दश हजार चिनियाँ कामदार त्यहाँ काम गर्न पठाएका थियौं। तीमध्ये करिब एक सय जनाले त्यहाँ आफ्नो प्राण बलिदान गरेका थिए।

            विदेशलाई सहायता गर्ने क्रममा चीनले "कुनै पनि शर्त नराखी सहायता गर्ने"सिद्धान्तको पालना गर्दै आएको छ। पहिले विश्वमा "चीनले अफ्रिकालाई सहायता गर्नुको उद्देश्य स्रोत-साधन प्राप्त गर्नु"भन्ने कथित भनाइको पूर्व चिनियाँ वाणिज्य उप-मन्त्री फु च यीङ खण्डन गर्दै भन्नुहुन्छ,

             चीनको उद्देश्य आपसी मित्रता बढाउनु हो। यसमा कुनै पनि शंका गर्नुहुँदैन।

            यताका केही वर्षदेखि विकासोन्मुख मुलुकहरुको नागरिक जीवन कार्यको विकासलाई अघि बढाउनु चीनले विदेशलाई सहायता पुर्‍याउने प्रथम लक्ष्य बन्दै आएको छ। सन् 2009को अन्त्यसम्म चीनले विकासोन्मुख मुलुकहरुका लागि चार सय बयालीस वटा आर्थिक आधारसम्बन्धी प्रबन्ध परियोजना र छसय सतासी वटा सार्वजनिक प्रबन्ध परियोजनाको निर्माण गरेको छ। त्यसका साथै चीनले करिब सत्तरी मुलुकलाई बीस हजार जना चिकित्सक पठाएको र उनीहरुले करोडौं विरामीहरुको उपचार गरेका छन्। यसबारे श्री वै चेन को केही उदाहरण देखाउँदै भन्नुहुन्छ,

            हामीले विदेशलाई सहायता पुर्‍‍याएको प्रक्रियामा एउटा राजमार्ग एउटा दुर्गम गाउँ-बस्ती पार भएको थियो। यस गाउँ-बस्तीमा इनार थिएन। त्यसपछि हाम्रो कम्पनीले त्यहाँ एउटा इनारको निर्माण गरेको थियो। केही सीमावर्ती क्षेत्रमा धेरै लामखुट्टे भएको कारण विरामी धेरै थिए। हामीले त्यहाँ एउटा अस्पताल निर्माण गरेका थियौं। चार-पाँच जना चिकित्सक मात्र भएतापनि त्यही स्थानमा रोगीको उपचार राम्रोसँग गरिएको थियो।

            भविष्यमा चीनले जोडतोडसँग विदेशलाई सहायता पुर्‍याउने छ। आगामी पाँच वर्षमा चीनले विकासोन्मुख मुलुकहरुका लागि दुई सय विद्यालयको निर्माण गर्ने, तीन हजार जना चिकित्सक पठाउने, दुई सय वटा सफा उर्जा तथा वातावरण संरक्षणसम्बन्धी परियोजना निर्माण गर्नेछ। यसबारे चर्चा गर्दै चिनियाँ वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक सहायता कार्यालयका प्रमुख ल्याउ चेन छङले चीनले अनुदानको रुपमा विदेशलाई उपलव्ध गराउने सहायता बढाउने कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह