फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती भित्ते चित्रको सँरक्षण र पुन:निर्माण प्रविधिसम्बन्धी तालिम कक्षा सुरु

(GMT+08:00) 2012-03-20 11:47:30

         सन् 2012को "तिब्बती भित्ते चित्र र पूरातात्विक वस्तुको सँरक्षण तथा पुन:निर्माण प्रविधि"सम्बन्धी तालिम कक्षा गत मार्च पन्ध्र तारिखका दिनदेखि पैचिङ्गस्थित चीनको सांस्कृतिक अवशेष अनुसन्धान क्याम्पसमा सुरु भएको छ। यस पटकको तालिममा अन्तर्राष्ट्रिय सहयोग, जाति, धर्म, शिक्षा र परियोजना आदि विषयहरू समावेश छन्।

        यस पटकको तालिम कक्षामा सहभागी सोह्रजना विद्यार्थी तिब्बत स्वायत्त प्रदेशको पूरातात्विक वस्तु ब्यूरो मातहतका पूरातात्विक वस्तुको सँरक्षण एकाइ र अन्य पेशागत संस्थाहरूबाट आएका हुन्। तीमध्ये जम्मा पन्ध्रजना तिब्बती विद्यार्थी हुन्। उनीहरूले जुम्लाखाङ गुम्बाका भित्ते चित्रको सँरक्षण कार्यको अनुसन्धान गर्ने भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह