फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जनताको जीवन सुधार सम्बन्धी महत्वपूर्ण परियोजना सुरु

(GMT+08:00) 2012-03-21 11:29:48

            तिब्बतको मोजूकौँखा जिल्लामा करीब 2 अर्ब 60 करोड चिनियाँ युआनको लगानीमा परियोजना निर्माण सुरु भएको छ । तिब्बती जनताको जीवन सुधारको लक्ष्यसहित एक सय वटा परियोजनाको निर्माण हिजो 20 तारिखका दिनबाट सुरु भएको हो ।

           जनाए अनुसार तिब्बतको मोजूकौँखा जिल्लामा निर्माण गरिएको परियोजना तिब्बती जनताको दैनिक जीवन, पर्यटन र खनिज लगायत परियोजना अन्तर्गत समावेश गरिएको छ । ती परियोजनाको पूँजी 40 करोड चिनियाँ युआन, 2 अर्ब 16 करोड चिनियाँ युआन सामाजिक लगानी र सहयता स्वरुप 7 करोड 30 लाख चिनियाँ युआन रहेको छ ।

           मोजूकौँखा जिल्ला ल्हासाको पूर्वी क्षेत्रतिर पर्दछ । धेरै खनिज श्रोत त्यस क्षेत्रमा रहेका छन । हाल केही समय यता मोजूकौँखा जिल्लाले खनिज श्रोत र पर्यटन उद्योगसम्बन्धी विशेषतायुक्त उद्योगको विकासलाई बढी महत्व दिंएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह