फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पर्यावरणीय तिब्बत"को निर्माण गर्न बीस वर्ष लाग्ने

(GMT+08:00) 2012-03-25 15:46:14
      तिब्बत स्वायत्त प्रदेशको वातावरणीय संरक्षण विभागले जनाएअनुसार, तिब्बतले चालू वर्षदेखि राष्ट्रिय सुरक्षित पर्यावरणीय पर्दाको निर्माणलाई सुअवसरको रुपमा बनाएर "पर्यावरणीय तिब्बत"को निर्माण गर्ने छ र सो का लागि बीस वर्ष लाग्ने पनि जनाएको छ।

      यो तिब्बत स्वायत्त प्रदेशले सन् 2009देखि राष्ट्रिय सुरक्षित पर्यावरणीय पर्दाको निर्माण शुरु गरेदेखि यता वातावरणीय सुरक्षामा प्रस्तुत गरिएको अर्को कदम हो।

      तिब्बत स्वायत्त प्रदेशको वातावरणीय संरक्षण विभागका प्रमुख चाङ युङ चकाअनुसार, "पर्यावरणीय तिब्बत"को निर्माणको मुख्य कार्य -सुरक्षित पर्यावरणीय प्रत्याभूति प्रणाली, श्रोत-साधनको पुनःप्रयोगमा ल्याइने प्रणाली, पर्यावरणीय अर्थतन्त्र प्रणाली, वातावरणीय गुणस्तरको प्रत्याभूति प्रणाली, बसोबासको वातावरण प्रणाली, पर्यवारणीय सँस्कृति प्रणाली, क्षमताको प्रत्याभूति प्रणालीको निर्माण रहेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह